Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यी चर्चित फुटबलरका भव्य घर कसरी बने गलाको पासो ?

\"1\"मानिसहरुको जिन्दगीको केही फैसला सुरुवातमा निकै राम्रो देखिएपछि पछि यसले ठूलै समस्या निम्त्याउने गर्दछ । यस्तै निर्णयमा केही फुटबलर फसिसकेका छन् । क्रिष्टियानो रोनाल्डो, एमाइल हेन्स्कीजस्ता संसारका चर्चित खेलाडीले जीवनभर कमाएको पैसा घर किन्नमा खर्च गरेका छन् । अब उनीहरु आफ्नो घर बेच्न चाहन्छन् तर किन्ने कोही छैन । \"2\"१. वेस ब्राउनः म्यान्चेस्टर युनाइटेडका पूर्व खेलाडी वेस ब्राउनले ४.५ मिलियन युरोको घर किनेका थिए । तर क्लब छोडेपछि उनीहरुले आफ्नो घर बेच्न खोज्दा किन्ने व्यक्ति कोही पाएनन् । उनीहरु बसेको घरलाई महंगो रकम तिर्न कोही पनि तयार भएनन् । अब यो घरको मूल्य ३ मिलियन यूरो राखिएको छ तर पनि कसैलाई चित्त बुझेको छैन । \"3\"२. एमाइल हेन्स्कीः लिभरपूलका पूर्व फुटबलर एमाइल हेन्स्कीलाई पनि यस्तै समस्याले गाँजेको छ । उनले आफ्नो कमाईको ठूलो हिस्सा लगानी गर्दै बेलायतको सबैभन्दा महँगो इलाकामा ४.५ मिलियन युरोको घर किने । तर उनको यो महँगो सम्पत्ति किन्ने व्यक्ति कोही पनि भएनन् । अहिले त उनी आफ्नो घर २.६ मिलियन युरोसम्म बेच्न राजी भएका छन् । तर उनलाई १.५ मिलियन यूरो पनि दिन सकिरहेका छैनन् । यस्तो अवस्थामा एमाइल नचाहँदा नचाहँदै पनि आफ्नो ६ बेडरुम घरको मालिक बनेका छन् । \"2\" ३. माइकल सिल्वेस्टरः म्यान्चेस्टर युनाइटेडका स्टार खेलाडी माइकल सिल्वेस्टर पनि आफ्नो घर बेच्न चाहन्छन् तर उनको यति महँगो घर किन्ने कसले ? उनको घर ४.२ मिलियन युरोको हो जसलाई निकै धनी व्यक्तिले मात्र किन्न सक्छन्। सन् २००८ को अगस्टदेखि माइकल आफ्नो घरलाई बेच्न चाहन्छन् । \"5\"४. क्रिष्टियानो रोनाल्डोः संसारका सबैभन्दा चर्चित र महँगा खेलाडी क्रिष्टियानो रोनाल्डोले पोर्चुगल छोडेपछि नै आफ्नो घर बेच्न चाहन्थे तर किन्ने व्यक्ति भेट्न सकेनन् । कसैले पनि नकिनेका कारण उनले अहिले घरलाई ७ हजारमा यूरो भाडामा दिएका छन् । उनको घरको मूल्य ३.८ मिलियन यूरो हो । \"6\"५. एश्ले वार्डः म्यान्चेस्टर सिटीका पूर्व स्टार खेलाडी एश्ले वार्डको घरमा ११ बेडरुमका साथै सैलून, सिनेमारुम, गेमरुम, स्विमिङ पुल र जिमजस्ता सुविधासम्पन्न कोठाहरु छन् । सायद घरमा नै यस्ता सुविधा मननपराउने भएकाले हुनसक्छ यो घर किन्ने व्यक्ति एश्लेले पाएकै छैनन् । अहिले उनलाई यो घर गलाको पासो सरह भएको छ । \"7\"६. नेमांजा विडिकः म्यान्चेस्टर युनाइटेडका पूर्व कप्तान नेमांजा विडिक अब त बेलायत छोडेर इटली सरिसकेका छन् । जुलाई २०१४ देखि अहिलेसम्म उनको ५ बेडरुम भएको घरलाई कसैले पनि किनेका छैनन् । नेमांजाको घरको मूल्य २.५ मिलियन यूरो हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies