बालबालिकाको आँखा रातो भइरहन्छ र औषधि गर्दा पनि निको हुँदैन भने त्यसलाई सामान्य रुपमा लिन नहुने चिकित्सकहरूले बताएका छन्।
बालबालिकाको आँखामा लाग्ने क्यान्सर जसलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ, त्यसको एउटा मुख्य लक्षण लामो समयसम्म आँखा रातो हुनु रहेको चिकित्सकहरूले बताएका छन्।
त्यसबाहेक आँखाको नानीमा सेतो टिका वा बत्ति जस्तो देखिनु यो रोगको अर्को लक्षण हो।
क्यान्सर परीक्षणमा ठूलो उपलब्धि: वैज्ञानिक
चिकित्सकहरूका अनुसार आँखा बाङ्गो हुँदै जानु, आँखा रातो भइराख्नु र जति उपचार गरेपनि ठिक नहुने यसका शुरुवाती लक्षण हुन्।
तत्काल उपचार
बालबालिकाको आँखामा यस्ता समस्या देखिने बित्तिकै उपचार गर्न थाल्न पाए यो रोग निको पार्न सकिने आँखाको क्यान्सर रोग विशेषज्ञ पूर्णिमा राजकर्णिकार बताउँछिन्।
रोग लाग्ने बित्तिकै उपचार शुरु गर्न पाए हामीले विरामीको आँखाको ज्योति र ज्यान दुवै बचाउन सक्छौं। तर यस्तो रोग लागेका विरामी हामीकहाँ आइपुग्दा निकै ढिलो भइसकेको हुन्छ, तिलगङ्गा आँखा अस्पताल काठमाण्डूमा कार्यरत डा। राज कर्णिकारले भनिन्।
संसारभर यस्तो समस्या छ।
त्यसैले मे महिनाको दोस्रो साता विश्वभर रेटिनोब्लास्टोमा बारे जनचेतना फैलाउने अभियान सञ्चालन हुँदै आएको छ।
चिकित्सकहरुका अनुसार प्राय पाँच वर्ष मुनिका बालबालिकामा रेटिनोब्लास्टोमा हुने गर्छ।
कसैलाई दुवै आँखामा
अन्तराष्ट्रिय अध्ययनहरूका अनुसार विश्वमा १५ हजार बालबालकामध्ये एक जनामा यस किसिमको क्यान्सर देखिने गर्छ।
नेपालमा वर्षमा ४०-५० जना बालबालिकामा रेटिनोब्लास्टोमा हुने अनुमान गरिएको डा। राजकर्णिकारले बताइन्।
गत वर्ष मात्र रेटिनोब्लास्टोमा भएका करिब ३५ जना नयाँ बिरामी तिलगङ्गा आँखा अस्पतालमा उपचार गराउन आएको बताइएको छ।
त्यसमध्ये १० जना बिरामीको दुवै आँखामा रेटिनोब्लास्टोमा भएको भेटिएको थियो।
समस्या
यो रोग निकै छिटो फैलन्छ त्यसैले सुरुमै उपचार थाल्न नपाए यसले जटिल समस्या उत्पन्न गर्छ, उनी भन्छिन्।
तर आँखा जस्तो सम्वेदनशील अङ्ग र बालबालिकासँग जोडिएको यस रोगबारे धेरैलाई राम्रो जानकारी छैन त्यसैले जनचेतना फैलाउन जरुरी छ।
सबै अभिभावक, दुर दराजमा बसेका प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा प्रदयाकहरूदेखि बालबालिकासँग धेरै सम्पर्कमा रहकने शिक्षक, समाज र परिवारका अन्य सदस्यले यस रोगका लक्षण बारे थाहा पाउन जरुरी रहेको उनी बताउँछिन्।
पछिल्लो अवस्था
सुरुवाती अवस्थमा नै उपचार गर्न नसके आँखाको गेडी आफ्नो घरभन्दा बाहिर निस्केर आउनु र आँखामा पासु पलाउँछ।
जसलाई पछिल्लो अवस्थाका लक्षणको रुपमा लिइन्छ।
प्राय पाँच वर्ष मुनिका बालबालिकामा हुने भनिए पनि नेपालमा भने नौ वर्षसम्मका बालबालिकामा रेटिनोब्लास्टोमा भएको देखिएको चिकित्सकहरू बताउँछन्।
कारण
नेपालमा खासगरी एक देखि दुईवर्षका बालबालिका उपचारका लागि आउने गरेको तिलगङ्गा आँखा अस्पतालले जनाएको छ।
यो रोग के कारणले लाग्छ भन्ने प्रश्नको जवाफमा चिकित्सक राजकर्णिकार भन्छिन्, यो वंशाणुगत र आणुवंशिक परिवर्तनका कारण देखिने गर्छ।
यसको उपचार गर्न महिनौं लाग्ने र करिब २-३ लाख रुपैयाँ खर्च हुन सक्ने उनले बताइन्। / बीबीसी
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: