Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

के अब प्रचण्ड प्रधानमन्त्री हुँदैछन् ? प्रचण्डले गरे यस्ताे खुलासा (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री आलोपालो गर्ने सहमति लिखित रुपमा नै भएको प्रष्ट्याएका छन् । प्राईम टेलिभिजनसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले नेकपा अर्का अध्यक्ष केपि शर्मा ओली र आफुँबीचमा प्रधानमन्त्री र अध्यक्ष आलोपालो गर्ने सहमति लिखित रुपमै भएको बताएका हुन् ।

उनले साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद नछाड्ने भन्ने कल्पनै नगर्ने बताएका छन् । देशमा शुसासन र विकासले गति लियो भने आफुँलाई प्रधानमन्त्री बन्न हतारो नहुने प्रचण्डले बताएका छन् ।

उनले जिम्मेवारी बाँडफाँडमा स्पष्ट परिभाषित नगर्दा समस्या आएजस्तो देखिएको पनि बताएका छन् । उनले भने, ‘म पनि एउटा नेताको हैसियतले मेरो जिम्मेवारी पनि राम्रोसँग परिभाषित हुनुपर्छ । त्यसो भयो भने सरकारको जिम्मेवारी एउटा अध्यक्षले र पार्टीको जिम्मेवारी एउटा अध्यक्षले गर्यो भने सन्तुलन त फेरि मिल्छ । म फेरि प्रधानमन्त्री भईराख्नु पर्दैन ।’

हेर्नुहोस् प्राईम टेलिभिजनसँग अध्यक्ष प्रचण्डले गरेको कुराकानी

https://www.youtube.com/watch?v=Np4W8aLwdGI&fbclid=IwAR2okL0BoUkViDsTvFwXsk7NNK95rHSjYaUfg56YydmM-KvvpwZEUhHFNhY&app=desktop

यस्तो छ गोप्य सहमति
तत्कालिन नेकपा एमाले र माओवादीबीच पार्टी एकता हुँदै गर्दा नेतृत्वबीच एउटा गोप्य सहमति गरिएको थियो । त्यो सहमति बाहिर सार्वजनिक भएको थिएन । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच लिखित सहमति हुँदा साँक्षीको रुपमा विष्णु प्रसाद पौडेल र जनार्दन शर्मा प्रभाकरको पनि उपस्थिति थियो ।

\"\"/

पार्टी एकता घोषणा हुनुपूर्वक अर्थात ०७५ जेठ २ मा भएको ५ बुँदे गोप्य सहमतिमा समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने भनिएको छ । सहमतिमा केन्द्रीय समिति र स्थायी समिति गठनका लागि कसको कति संख्या रहने भन्ने पनि भागवण्डा भएको छ । बेला–बेला विवादमा पर्ने अनि तत्कालिन एमालेका कतिपय नेताले उठाउने वैचारिक र राजनीतिक विषयको विषयमा दुवैको मान्यतालाई थाँती राखेर समाजवाद उन्मुख जनताको जनवादमा अगाडि बढ्ने उल्लेख छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies