Ntc summer Offer
Khabar Dabali २२ पुष २०८१ सोमबार | 6th January, 2025 Mon
Investment bank

क्षमताभन्दा बढी भएकाले कैदीबन्दीको अवस्था सकसपूर्ण

नेपालगञ्ज । दुई सय पचास जना अट्ने स्थानमा करीब ७५० जनालाई राखियो भने ती मानिसको अवस्था कस्तो होला ? हो, नेपालगञ्ज शहरको ठीक बीच भागमा रहेको बाँके जिल्ला कारागारका कैदीबन्दीले अहिले यस्तै सकसपूर्ण अवस्था र नियतिको सामना गर्नु परेको छ ।

कोठाभित्र मात्र नभएर बाहिरसमेत कैदीबन्दी बस्ने, सुत्ने स्थानको अभाव छ । \'कारागारमा महिला कैदीबन्दी ६४ र तीन आश्रित बालबालिकासहित ७४५ जनालाई राखिएको छ, क्षमताभन्दा बढी भएकाले सुरक्षा चुनौती बढेको छ\', जेलर भरत पाण्डेले भने ।

नेपालगञ्ज–१० स्थित यो कारागारको भौतिक अवस्था अहिले जीर्ण हुँदै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल एकदमै पुराना भइसकेका छन् । कारागारमा कैदीको सङ्ख्या बढदै गएको छ भने वरिपरिको वातावरण एकदमै फोहर छ । कारागारबाट निस्केको फोहर हाताभित्र फालिन्छ र ढल निकासको पर्याप्त व्यवस्था छैन । फोहर बढी भएकाले कैदीहरु अधिक सङ्ख्यामा बिरामी हुने गर्छन् । फोहरकै कारण कैदीको सुरक्षामा खटिएको सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो हुने गरेको जेलर पाण्डेको भनाइ थियो ।

कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सुरक्षा चुनौती थपिएको बताएको छ । कारागार सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन् । \'क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घना बस्तीको बीचमा कारागार हुनाका कारण सुरक्षा चुनौती बढेको हो\', जेलर पाण्डेको भनाइ छ ।

सबै पक्षलाई दृष्टिगत गरी बाँकेको गनापुरमा खुल्ला कारागार निर्माण शुरु गरिएको छ । जेलर पाण्डेका अनुसार आठ बिघा क्षेत्रफल रहेको खुल्ला कारागारको ब्यारेकको निर्माण सकिएको र अन्य संरचना निर्माण भइरहेका छन् ।

यसैगरी बाँकेकै नौवस्तामा पनि १० बिघा क्षेत्रफलमा तीन हजार कैदीबन्दी अट्न सक्ने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ । यी दुवै कारागारको निर्माण पाँच वर्षभित्र सक्नुपर्ने सम्झौता ठेकेदारसँग भएको छ ।

\'यी दुवै कारागार निर्माण भएपछि सम्भवतः नेपालगञ्जको मानव बस्तीको बीचमा रहेको बाँके जिल्ला कारागारलाई विस्थापित गरिनेछ\', बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजुले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy