Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

दाेष कसकाे ? प्राक्टिकल नम्बर हराउँदा जिल्लाकै नजिता शून्य

\"mustang_district\"५ असार, मुस्ताङ । प्राक्टिकल नम्बर हराउँदा हिमाली मुस्ताङको प्रवेशिका परीक्षाको नतिजा आउन सकेको छैन । जिल्ला शिक्षा कार्यालयले पठाएको प्राक्टिकलको नम्बर परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण हराउँदा जिल्लाको परीक्षाको नतिजा शून्य भएको हो । जिल्लाभरकै नतिजा नआएपछि यहाँका विद्यार्थी र अभिभावक आक्रोशित भएका छन् । उनीहरूले शुक्रबारै केही समय जिल्ला शिक्षा कार्यालयमा घेराउ गरेका थिए । एकमात्र परीक्षा केन्द्र रहेको जिल्लाबाट ११७ विद्यार्थी सहभागी भएका थिए । त्यसमा एकजना मात्रै एक्जेम्टेडतर्फका रहेको जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले आफूहरूको भविश्यमाथि खेलवाड गरेको भन्दै अभिभावक निरज थकालीले भने, ‘जिल्लाकै नतिजा नआउनु दुःखद् हो, यो गल्तीलाई तत्काल सच्याउन हामीले माग गरेका छौँ, ‘हुँदैन भने हामी कहाँ पुग्नुपर्छ पुग्छौँ ।’ जिल्लामा सात सामुदायिक र एक निजी विद्यालय गरी आठ विद्यालयबाट विद्यार्थी प्रवेशिका परीक्षामा सहभागी भएका थिए । जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेले आफूहरूले उक्त नम्बर पठाएपनि केन्द्रबाट प्रक्रियामा नगएको बताए । ‘हामीले पठाएको एक्जेम्टेडतर्फको विद्यार्थी नतिजा आएको छ, हामीले यसमा कुनै कमजोरी गरेका छैनौँ, जिशिअ न्यौपानेले भने, ‘यस विषयमा परीक्षा नियन्त्रण कार्यालयमा कुराकानी भएको छ, आइतबार सबै सच्चिएर आउँछ ।’ नतिजा नआउँदा आफूहरू पनि चिन्तित रहेको र अभिभावक एवम् विद्यार्थीमा आक्रोश र चिन्ता उत्पन्न हुनु स्वभाविक भएको उनले टिप्पणी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies