Ntc summer Offer
Khabar Dabali २२ पुष २०८१ सोमबार | 6th January, 2025 Mon
Investment bank

यस्तो तिरस्कार झेल्न बाध्य छन् विदेशबाट फर्किएका महिला

बाँके । वैदेशिक रोजगारीका लागि श्रीमानकै सहमतिमा साउदी अरब गएकी बाँके सीतापुरकी मीना थापा (नाम परिवर्तन) अहिले पारिवारिक र सामाजिक तिरस्कार झेल्न बाध्य छिन् । वैदेशिक रोजगारीमा जाँदा महिलालाई कम खर्च लाग्ने भन्दै श्रीमानले नै उनलाई विदेश पठाएका थिए ।

विदेशमा जेनतेन उनले राम्रै कमाई गरिन् तर, अहिले उनी श्रीमानबाटै अपहेलित हुनुपरेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण सुखी जीवन र सन्तानको राम्रो शिक्षादीक्षाको सपना बोकेर उनी सल्लाहमै विदेशिएकी हुन् । अहिले श्रीमानले आफूलाई विभिन्न खालका लाञ्छना लगाउँदै दुःख दिने गरेको उनले बताइन् ।

साढे ३ वर्षको छोरो छाडेर कुवेत गएकी सीतापुरकै रचना शर्मा (नाम परिवर्तन)ले पनि अहिले सबैतिरबाट तिरस्कार ब्यहोर्नुपरेको छ । आठ वर्षदेखि मलेसियामा रहेका श्रीमानले घर खर्च पनि नपठाएपछि छोराछोरीको भविष्यप्रति चिन्तित हुँदै कुवेत पुगेकी रचना अहिले श्रीमान्, सासू र माइतीबाट समेत अपहेलित छिन् ।

उनी भन्छिन् – \'घरबाट बहिष्कृत हुनुपर्दा अहिले अनुहार लुकाउने ठाउँसम्म छैन । घरमा पनि सासूससुराको अपहेलनासँगै माइतीले समेत राम्रो मान्दैनन् ।\' मीना र रचनाजस्ता थुप्रै महिलाले वैदेशिक रोजगारीबाट फर्किएर पारिवारिक र सामाजिक तिरस्कार बेहोरिरहेका छन् ।

गीता वली (नाम परिर्वतन)लाई पनि आफ्नो पीडा सुनाउन निकै गाह्राे भयो । शुरुमै उनको गला अवरुद्व भयो, उनका आँखा रसाए । विदेशबाट फर्किए देखि उनलाई श्रीमानले बारम्बार घर छाड्न धम्की दिइरहेका छन् । “तँ घरबाट निस्किहाल, म तँलाई राख्दिनँ भन्दै श्रीमानले सधैंजसो पीडा दिने गर्छन्,” उनले भनिन् – श्रीमानले राम्रो नगरे समाजले पनि नराम्रै गर्दोरहेछ ।”

विदेश पुगेपछि पनि आठ महिनासम्म तलब नपाएर दुःख पाएको स्मरण गर्दै गीताले भनिन् – \'दुःखीलाई जहाँ पनि दुःख नै हुने रहेछ ।\' वैदेशिक रोजगारमा गएका महिलाहरु स्वदेश फकिर्एपछि सानोतिनो व्यवसाय सञ्चालन गरेर आर्थिकस्तर बढाउने सपना बुन्ने गर्छन् तर, उनीहरुलाई समाजमा अपहेलित हुनुपर्ने डर छ ।

श्रीमान्को मृत्युपछि कमजोर आर्थिक हैसियतकै कारण विदेशिएकी सीतापुरकै भावना बिक (नाम परिवर्तन)ले स्वदेश फर्किएपछि चिया पसल शुरु गरिन् तर, उनले त्यसलाई केही समयमै बन्द गर्नुपर्याे । चिया पसल गर्दा समाजले कुरा काट्न थाले । \'पसलमा आउने ग्राहकसँग मस्किन्छे, आजभोलि त यसको धेरैसँग लसपस बढेको छ भन्दै कुरा काट्न थालेपछि चिया पसल बन्द गर्नुपर्यो,\' भावनाले आँशु झार्दै भनिन् ।

श्रीमानले दोस्रो बिहे गरेपछि छोराछोरीको पालनपोषण र शिक्षाको सपना बोकेर साउदी अरब गएकी महिला पनि छन् ।

परिश्रम र समय एउटै भए पनि खाडी मुलुकमा बस्ने नेपालीले आफ्नो श्रमको उचित मूल्य पाउन नसकेको त्यहाँ जाने महिलाहरुको भनाइ छ । लामो समयसम्म काम गराउने, खान नदिने, कुटपिट गर्ने, गालीगलौच गर्ने र यौन दुव्र्यवहार गर्ने शिकायत उनीहरुको छ । यातना सहन नसकी घरेलु कामदारको रुपमा गएका केही नेपाली महिलाले आत्महत्या समेत गरेका छन् । खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिलाको सङ्ख्या बढ्दो छ । ती मुलुकबाट हिंसामा परेर फर्किने महिला पनि बढेका छन् । वैदेशिक रोजगारमा हुने भेदभाव र हिंसा न्यून गर्न सरोकारवालापक्ष बीच समन्वय हुनु जरुरी रहेको वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरु बताउँछन् ।

\'महिलाको कमाइ स्वीकार्न नसक्ने र कमाउने आफूलाई मालिक सम्झिने पुरुषवादी सोच त्याग्न जरुरी छ,\' उनीहरु भन्छन् । वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुलाई घरपरिवारमा सहज वातावरण बनाइदिन उनीहरुले सम्बद्ध निकायहरुसँग आग्रह गरेका छन् । नेपाली महिलामा पछिल्लो समयमा आत्मनिर्भर बन्नुपर्छ भन्ने सचेतना जागेको छ । तर, स्वदेशमै रोजगारीको अवसर नहुँदा हजारौं महिला वैदेशिक रोजगारीको बाटो रोज्न बाध्य छन् ।

वैदेशिक रोजगारीबाट फकिर्एका महिलालाई समाजले झन् पीडा दिने गरेको उनीहरुको भनाइ छ । रोजगारीका लागि विदेश जाने इच्छा नभए पनि पारिवारिक समस्याले गर्दा महिलाहरु विदेशिनुपर्ने बाध्यता छ । वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुमा जति नै पीडा भए पनि एकाधबाहेक धेरैले आफ्ना भोगाइ सार्वजनिक गर्न चाहँदैनन् ।

वैदेशिक रोजगारबाट फर्किएपछि उनीहरुलाई समाज एवं घरपरिवारमा घुलमिल हुन पनि निकै समस्या छ । घरपरिवारमा हुने विभेद, श्रीमान्सँगको बढ्दो दूरी, सम्बन्ध विच्छेद, बहुविवाह, घरेलु हिंसाका कारण विदेशिन बाध्य भएका महिलाहरुमा विशेष गरेर यस्तो समस्या देखिएको छ ।

नेपाली महिलाका लागि रोजगारी प्रतिबन्ध भएका देशमा नेपालबाट जान बन्देज भए पनि भारतीय बाटो प्रयोग गरी विदेशिने गरेका छन् । धेरै महिलाले अवैधरुपमा जोखिमपूर्ण यात्रा गर्छन् । स्वदेश फर्केपछि समाजले गलत दृष्टिकोणले हेर्ने भएकै कारण उनीहरुलाई पुनःस्थापित हुन पनि समस्या छ ।

खाडी मुलुकमा श्रम र यौन शोषण

भारतलगायत खाडीमा काम गर्न पुगेका अधिकाँश महिला यौन र श्रम शोषणमा पर्ने गरेको चेलिबेटी बेचबिखनविरुद्व क्रियाशील संस्था माइती नेपालको तथ्याङ्कले देखाउँछ । माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार दलालको प्रलोभनमा परी भारत र खाडी मुलुक पुगेका महिलाहरू यौन र श्रम शोषणमा परेका घटना बढ्दो छ ।

माइती नेपालले जोखिममा परेका महिलाहरुको उद्धार पनि निरन्तर गरिरहेकै छ । यौन शोषणका कारण कैयन महिला मानसिकरुपमा विक्षिप्त अवस्थामा पुगेका छन् । भारत र खाडी बाहेक पछिल्ला दिनमा दलालले नेपाली महिलालाई बङ्गलादेशमा पुर्याएर देह व्यापारमा लगाएको घटनासमेत फेला परेका छन् ।

संयोजक कोइरालाका अनुसार कुवेत, लेवनान, बहराइन र साइप्रस पुगेका थुप्रै महिला यौन शोषणमा परेको र उद्धारका लागि आग्रह गर्दै उनीहरुले निवेदन पनि दिने गरेका छन् । घरेलु कामदारका रुपमा महिलालाई विदेशमा नपठाउन आग्रह भइरहे पनि नबुझेर धेरै महिला खाडी मुलुक जाने र दुःख पाउने क्रम बढ्दो छ ।

वैदेशिक रोजगार विभागको २०७४÷७५ को तथ्याङ्क अनुसार बाँकेका १३६ जना महिला वैदेशिक रोजगारीमा रहेको देखिन्छ । यो सङ्ख्या विभागबाट वैधानिकरुपमा श्रम इजाजत लिएर विदेशिएको सङ्ख्या हो । तर, यो सङ्ख्या भन्दा धेरै महिला अवैधरुपमा भारत हुँदै वैदेशिक रोजगारीका लागि तेस्रो मुलुकमा गएको अनुमान छ ।

विभागका अनुसार सबैभन्दा धेरै कतार र संयुक्त अरब इमिरेट्स (युएई) मा ३०÷३० जना महिला गएका छन् । मलेसियामा २७ जना, कुवेत २०, साउदी अरब १४, पोल्याण्ड र साइप्रस ३÷३ जना गएका छन् । त्यस्तै, ओमान र माल्दिभ्समा २÷२ जना तथा बहराइन, जोर्डन र हङकङमा १÷१ जना रहेको विभागको तथ्याङ्क छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy