Ntc summer Offer
Khabar Dabali २२ पुष २०८१ सोमबार | 6th January, 2025 Mon
Investment bank

समाजले स्वीकार नगर्दा तेस्रोलिङ्गीलाई समस्या

रुपन्देही । परिवार र समाजले पहिचान स्वीकार नगरीदिँदा समस्या झेल्नुपरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गुनासो छ ।राष्ट्रिय मानव अधिकार आयोगले आज बुटवलमा आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरुले तेस्रोलिङ्गी भएकै कारण परिवार र समाजबाट तिरस्कृत हुनुपरेको दुखेसो पोेखे ।

सरकारी निकाय, विभिन्न सङ्घसंस्था, अस्पताल तथा सार्वजनिक यातायात जहाँ जाँदा पनि महिला र पुरुषमात्रै उल्लेख गरिएको हुन्छ । तर हामी कहाँ जाने रु उनीहरुको प्रश्न थियो । यसरी प्रश्न गर्नेमा तेस्रोलिङ्गी अवान्तिका घर्तीमगर, पुष्पा लामा, शिशिर भट्टराई, रेशम न्यौपाने लगायतका छन् । उनीहरुले तेस्रोलिङ्गी भएकै कारण आफूहरु परिवारबाट निकालिएको गुनासो गरे ।

ब्लु डाइमण्ड सोसाइटी रुपन्देहीका अध्यक्ष आनिक रानाले तेस्रोलिङ्गी समुदायको पहिचान स्वीकार गर्ने वातावरण बनाउन सरोकारवालालाई आग्रह गरे । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले आफ्नो इच्छाअनुसार जीवन जिउन पाउनु मानवको अधिकार भएको बताए । “तेस्रोलिङ्गी भएकै कारण विभेद गर्न पाइँदैन, सबैले सम्मानजनक जीवन जिउन पाउनुपर्छ”, उनले भने । तेस्रोलिङ्गी भएकै कारण नागरिकता, सम्पत्तिमाथिको अधिकार सहजै पाउन नसक्ने अवस्था रहेको उनले बताए ।

आयोगका प्रदेश नं ५ का प्रमुख सम्झना शर्माले हरेक व्यक्तिले सम्मानजनक जीवन जिउन पाउने अधिकारको हनन भए आयोगमा उजुरी दिन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई सुझाव दिए ।

उनले भने, \'मानिसको पहिलो पाठशाला परिवार हो, जहाँबाट सिकाइ शुरु हुन्छ यदि शिक्षा, स्वास्थ्य र पारिवारिक मायाबाट वञ्चित भएपछि व्यक्ति सडकमा आउन बाध्य हुन्छ, त्यसैले परिवारबाटै उपयुक्त वातावरण तयार हुनुपर्छ ।\' आयोगका उपनिर्देशक पवनकुमार भट्टले कुनै पनि व्यक्तिले विनाभेदभाव जिउन पाउने अधिकार भए पनि व्यावहारिक कार्यान्वयन हुन नसक्दा समस्या भएको उल्लेख गर्दै ऐन कानून फेरिए, व्यवस्था फेरियो तर व्यवहार फेरिएन भने ।

अधिवक्ता बाबुराम पाण्डे, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष डिपी खनाल, गैरसरकारी संस्था महासङ्घ रुपन्देहीका अध्यक्ष रिमा विसी लगायतले तेस्रोलिङ्गीलाई हेर्ने दृष्टिकोण बदल्न समाजमा व्यापक सचेतना फैलाउनुपर्नेमा जोड दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy