Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

‘कनकमणी ज्यू, तपाईं पागल हो ?’

\"mahesh५ असार काठमाडौं । आफूलाई वरिष्ठ पत्रकार दावी गर्ने कनकमणि दिक्षितले शनिबार मध्यान्न आफ्नो फेसबुकमा एउटा स्ट्याटस लेखे । उनका अधिकांश स्ट्याटस माओवादीलाई गालिगलौज गरिएका शब्दहरुले भरिएका हुन्छन् । शनिबार पनि उनले माओवादीलाई तथानाम गालि गरेका स्ट्याटस पोष्ट गरे । ‘तथाकथित, जनयुद्धुका शुत्रधार, राष्ट्रिय संरचना ध्वस्त पार्ने योजनाकार राष्ट्र पुनर्निर्माणको हाकिम बन्ने दौडधूपमा छन आजको दिन, देशी बिदेशीको सहयोग जुराउँदै।’   उनको यहि  स्ट्याटसको कमेन्ट वक्समा महेश देवकोटाले लेखे ‘तपाईं मान्छे कि त पागल हो कि त हरामी ।’ उनले थपे  ‘ब्याक्तीगत विष बमन र पूर्वाग्रही भावना बाहेक केही हुदैन तपाईंको लेखमा ।’ कमेन्ट गर्नेहरुले  अधिकांशले उनलाई डलरमणीको आरोप लगाएका छन् । उनको स्ट्याटसको विरोध गर्दै प्रोलेतिरियट हेम लेख्छन् ‘कनकमणि जस्ता डलरमनिहरु हुन । नेपाललाई पछाडि धकेल्न खोज्ने जहिलेसम्म कनकमणि, डलरमनिहरुको हाम्रो देशमा जनम् हुन्छ । तव तक हाम्रो नेपाल र हामी नेपाली पछि परिरहने छौ ।’ उनको भनाईको विरोध गर्नेहरुले उनलाई सिआइएको दलालको रुपमा समेत टिप्पणी गरेका छन् । ‘मातृका प्रसाद कोइराला प्रधानमन्त्री हुँदा यिनै कनकमणिका बाजे बराजु राममणि आचार्य दिक्षित हुन जनजातिलाई जंगली, डोके, खर्पने, भुसतिघ्रे भन्दै सरकारबाट बाहिर राख्नु पर्छ भनेर सुझाव दिने १ अहिले तिनैको सन्तान कनकमणी उर्फ कलंकमणी नेपाली पत्रकारीताको हवला दिदै CIA को डलर खाएर डकार झिक्दैछ । नेपालमा शान्ति भयो भने यिनको डलरको श्रोतमा बुझो लाग्छ त्यसैले जहिले पनि प्रगतिशील शक्तिमा यिनको गिद्दे नजर जान्छ ,’ कमेन्ट बक्समा राजकुमार भण्डारी लेख्छन्, ‘जति खोक्छ खोक बुढा कति नै छ र  बढी बाँचे १० वर्ष बाँच्ला नेपालमा रडाको मच्चाउला ।’ त्यस्तै लेनिन गुरुङले पनि उनलाई सिआइएको एजेन्टको आरोप लगाएका छन् ।  उनले गरेको कमेन्ट यस्तो छ : पत्रकारको भेषमा लुकेका नेपालको सबै भन्दा कुख्यात देशद्रोही हुन यी दिक्षित ! माओवादीले त्यसै खोज्या होइनन यिनको करङको पत्र निकाल्न त्यसै भएर त साउनमा आँखा फुटेको गोरुले झै माओवादी भन्ने शब्द सुन्न साथ यिनको दिमागमा १० रेक्टर स्केलको भुकम्प जान्छ ! मान्छेको लास बेचेर डलर खाने मानवाधिकारवादी हुन यिनी ! हिजो माओवादीको युद्द हुँदा पनि लास बेचेर डलर खाएको थियो ! हिमाल साउथ एशिया फाउन्डेसनको नामम अर्बौंको डलर ल्याएर खाने अनि पत्रिका बेच्ने यिनको गज्जबको धन्दा छ ! पहिले मान्छेको लास बेचेर डलर खायो अहिले भुकम्पले मारेका मान्छेको लास बेचेर डलर खाँदै छन् ! याद गर्नु होला भुकम्प आएको बैशाख १२ गते को भोलिपल्ट देश रोइराखेको थियो यी कलंकमणी हतार-हतार सयौं भोलिन्टरको नाममा पत्रिकामामा विज्ञापन छाप्दै थियो ! यतिले मात्रै नपुगेर यता छुस्स-छुस्स माओवादीलाई यस्तो-उस्तो भनेर चलाउने भित्र-भित्रै CIA को गुलामी गर्ने जासुसी हुन यिन याद राखौं अर्को पनि ! जनजाति, दलित र मधेसीलाई सत्ताको बाहिरै राख्नु पर्छ भनेर \"भलोकुरा\" कविता लेखेर मातृका प्रसाद कोइरालाको हातबाट बिमोचन गराउने खलपात्र राममणि आचार्य दिक्षितका सन्तान हुन यी कलंकमणी ! पहिले यिनका बाजे-बराजु थिए नेपालको खलपात्र अहिले यिनै कलंकमणिले नेतृत्व गर्दै छन् भिलेनको रोल ! सबैलाई चेतना भया !\"kanak कनकमणीले लेखेकाे स्ट्याटस यस्ताे छ : तथाकथित \'जनयुद्ध\'का शुत्रधार, राष्ट्रिय संरचना ध्वस्त पार्ने योजनाकार - \'राष्ट्र पुनर्निर्माण\' को हाकिम बन्ने दौडधूपमा छन आजको दिन, देशी-बिदेशीको सहयोग जुराउँदै। नेपाली जनताको महा-अपहेलना ! झण्डै दुई दशक मुलुकलाई \'डाईभर्जन\'मा जाकेर सामजिक अग्रगमनमा भाँजो हाल्ने, रोजगारको संभावना ध्वस्त पारेर युवा बिदेशिने क्रमलाई बल दिने, संबिधान लेखनमा निरन्तर धावा बोल्ने, लोकतान्त्रिक राजनीती ध्वस्त पार्ने अभियानका नायक, द्वन्दकालको हत्यामा कारवाही हुन नदिने र पिडितको मनोभावनामा कुल्चने - उनै ब्यक्तिलाई \'पोस्ट-माओबादी\' युगको नेतृत्व तैयारीको लागि जनताको गैर-हिंस्रक र लोकतान्त्रिक भावनामा कुल्चेर पुनर्निर्माण प्राधिकरणको हाकिम बनाउन राजनीतिज्ञ तत्पर देखिन्छ। नागरिक समाज सुतेको छ। युवा राजनीतिज्ञ कतै देखिनन् जब उनिहरुको दरकार छ। कसैलाई सरकारमा जान हतारो छ, कसै यो अभियान रोक्ने आंटको अभाव छ !!\"kanak
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending