Ntc summer Offer
Khabar Dabali २२ पुष २०८१ सोमबार | 6th January, 2025 Mon
Investment bank

लागुऔषधको अड्डा बन्दै सीमावर्ती बजार

नवलपरासी । पश्चिम नवलपरासीको नेपाल–भारत खुला सिमाना नजिकको भारतीय बजार पछिल्लो पटक लागुऔषध सेवन र ओसारपसारका लागि प्रमुख नाकाका रुपमा प्रयोग हुँदै आएको पाइएको छ ।

लागुऔषध प्रयोग गर्न र ओसारपोसारकै लागि भनेर काठमाडौँदेखि पोखरा, चितवन र बुटवललगायतका विभिन्न मुख्य बजारबाट युवा जमात पश्चिम नवलपरासीको नाका हुँदै भारतीय बजारसम्म पुग्ने गर्दछन् । खुला सिमानाका कारण किनमेल र घुम्नका लागि भनेर युवायुवती भारत जाने गरेका छन् । अधिकांश प्रयोगकर्ता मोटरसाइकलमा आउने र लुकाएर लागुऔषध ओसारपसार गर्ने क्रम बढेपछि मोटरसाइकल चालकमाथि प्रहरीले निगरानी बढाएको छ ।

नेपाल भारत सिमाना नजिकका भारतीय बजारमा लागुपदार्थ सहजै पाउने भएपछि धैरे नेपाली युवा लागुपदार्थ सेवन र ओसारपसारको कुलतमा फसेका पाइएको छ । खुला सिमाना र नेपालमा प्रतिबन्धित भएका औषधि भारतीय सिमानामा खुलेयाम बिक्री वितरण हुने हुँदा नेपाली युवायुवती कुलतमा फस्नुको मुख्य कारण बनेको छ ।

पश्चिम नवलपरासीका महेशपुर, गुठीप्रसौनी, गेर्मी र पूर्वी नवलपरासीको त्रिवेणी नाकाअन्तर्गत सीमावर्ती भारतीय बजारमा लागुऔषधसम्बन्धी औषधि सहजै पाइन्छ । लागुऔषध दुव्र्यसनी नियन्त्रणका लागि पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको परिवर्तन नेपाल नामक संस्थाले पनि जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । सेवनभन्दा पनि ओसारपसार गर्ने कार्यमा संलग्नलाई बढी कानूनी कारवाही हुने कुरा प्रचारप्रसार हुन नसक्दा ओसारपसारमा कम आउन नसकेको संस्थाका संस्थापक सदस्य सुवास ज्ञवालीले बताए ।

जिल्लाका सीमावर्ती विभिन्न नाकाबाट लागुपदार्थको खुलेयाम बिक्री वितरण बढेपछि प्रहरीले अभियान नै बनाएर यसको रोकथामका लागि काम थालेको छ । यसका लागि प्रहरीले विशेष रुपमा काम गरिरहेको पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । सशस्त्र प्रहरीले पनि लागुऔषध नियन्त्रणका लागि सूष्मरुपमा काम गरिहरेको सशस्त्र प्रहरी बल २६ नं गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गाहार्धन राईले जानकारी दिए । लागुऔषधको प्रभावकारी नियन्त्रणका लागि प्रहरी र सामाजिक सङ्घसंस्थाले मिलेर सडक नाटक तथा माध्यमिक तहमा विद्यार्थीका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy