Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

सूर्यविनायकमा सुरु भयाे हरितपार्क निर्माण

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ स्थित सूर्यविनायक मन्दिर परिसरमा हरितपार्कको शिलान्यास गरिएको छ । ४६औँ विश्व वातावरण दिवसको सन्दर्भमा बुधबार आयोजित कार्यक्रममा खानेपानीमन्त्री बिना मगरले वृक्षरोपण गर्दै पार्कको शिलान्यास गरिन् । ‘हरितपार्कका लागि गुरुयोजना बनेको छ, तीनवटै मन्दिर क्षेत्रमा हरितपार्क निर्माण गर्ने र पर्यटन प्रवद्र्धन गर्ने योजना हो,’ नगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक रवीन्द्र सापकोटाले भने । वन तथा वातावरण मन्त्रालयले सूर्यविनायक मन्दिरसँगै डोलेश्वर र अनन्तलिंगेश्वर मन्दिरमा समेत हरितपार्क निर्माणको गुरुयोजना बनाएको छ ।

आजको नयाँ पत्रिका दैनकिमा खबर छ सूर्यविनायक पार्कका लागि मन्त्रालयले चालू आर्थिक वर्षमा दश लाख रुपैयाँ विनियोजन गरेको छ । तीनवटै मन्दिर परिसरमा एकैपटक पार्क निर्माण गर्ने बहुवर्षीय योजना अघि बढेको सापकोटाले बताए । पर्यटकीय क्षेत्र डोलेश्वर, रानीकोट, घ्याम्पेडाँडालगायत क्षेत्रसम्म पुग्ने सडकखण्डमा पर्ने मन्दिर परिसरमा वृक्षरोपणसमेत गरिएको छ । पार्क निर्माणस्थलमा वृक्षरोपण र सरसफाइ गरिएको वडाध्यक्ष किरण थापाले बताए । यसअघि मन्त्री मगर, सांसद र जनप्रतिनिधिलगायत टोली (यालीसहित मन्दिर परिसरमा पुगेको थियो ।

विकृत सोच सफा गर्नुपर्छ स् मन्त्री मगर
खानेपानीमन्त्री बिना मगरले मानिसमा रहेको विकृत सोचलाई सफा गर्नुपर्ने बताएकी छिन् । उनले भनिन्, ‘सरकारले ‘संमृद्ध नेपाल, सुखी नेपाली’ अभियान थालेको छ, यसलाई पूरा गर्न समाजमा रहेको विकृत चिन्तनलाई पनि सफा गर्नुपर्छ ।’ उनले बाहिर देखिएका फोहोर टिपेर सफा गर्न सकिने तर खराब चिन्तन भएका मानिसको सोच परिवर्तन गर्न नसकिने टिप्पणी गरिन् । सबै प्रतिबद्ध भए मात्रै स्वच्छ, सफा र हराभरा वातावरण बनाउन सकिने उनले बताइन् ।

कार्यक्रममा सांसद महेश बस्नेतले ‘आफ्नो घर र टोलमा अब फोहोर गर्दिनँ’ भनेर सबैले प्रतिबद्धता जनाउनुपर्ने बताए । प्रदेश सांसद प्रतिमा श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलगायतले हनुमन्ते सफाइ अभियानको सफलताको शुभकामना दिएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE