Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

सामुदायिक वनको सहयोगमा गोबरग्यास प्लान्ट जडान

कंचनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका ६० परिवारका घरमा शौचालयसहितका गोबरग्यास प्लान्ट जडान गरिएका छन् । प्रगति महिला सामुदायिक वन उपभोक्ता समूहले अनुदान रकम उपलब्ध गराएपछि स्थानीय उपभोक्ताले शौचालयसहितका गोबरग्यास प्लान्ट जडान गरेका हुन् ।

गोबरग्यास प्लान्ट जडानका लागि अनुदान रकम उपलब्ध गराउन निवेदन दिएका उपभोक्तालाई रु पाँच हजारका दरले अनुदान रकम उपलब्ध गराइएको सामुदायिक वनका अध्यक्ष रामबहादुर साउदले बताए । “गोबरग्यास प्लान्ट जडानकै लागि चालू आवमा रु तीन लाख रकम अनुदानका रुपमा उपलब्ध गराएका छौँ”, उनले भने । गोबरग्यास प्लान्ट जडान गरिएपछि स्थानीय बासिन्दालाई दाउराको जोहो गर्ने झन्झट हटेर गएको छ ।

घरमै पालिएका चौपायाको गोबर दैनिक गोबरग्यास प्लान्टमा राखी दैनिक त्यसबाट आउने ग्यासबाट खाना पकाउने कार्य गर्दै आएको स्थानीय राधिका साउदले बताउनुभयो । दाउरा ल्याउने श्रम खेतबारीमा लगाई अतिरिक्त आम्दानी हुदैँ आएको उनले बताए । दाउराजस्तो गोबरग्यासमा धुवाँ नआउने भएकाले समेत विगतमा गृहणी र बालबालिकामा देखिदै आएको श्वासप्रश्वासको समस्यासमेत हटेर गएको छ ।

धेरै परिवारले अनुदान रकम लिएर र केही परिवारले आफ्नै निजी खर्चमा समेत गोबरग्यास प्लान्टसँगै शौचालय बनाएका छन् । स्थानीय उपभोक्ताले चरन अभावमा गाईबस्तु पाल्नमा कमी ल्याएपछि सामुदायिक वनले आउँदो आवदेखि उपभोक्तासँग छलफल गरेर गोरग्यास जडानका लागि दिँदै आएको अनुदानलाई यथावत राख्ने वा यसको विकल्पका रुपमा एलपिजी ग्यासमा अनुदान दिने विषयमा छलफल गरी योजना बनाउने भएको छ ।

सामुदायिक वनले दाउरा, घाँस र काठ बिक्री गरी अनुदान रकमको जोहो मिलाउँदै आएको छ । गत वर्ष सामुदायिक वनको आम्दानी रु नौ लाख रहेकामा चालू आवमा बढेर रु २५ लाख पुगेको छ । सामुदायिक वनले कूल आम्दानी भएको रकममध्ये २५ प्रतिशत वन विकास, ३५ प्रतिशत गरीबी निवारण, २० प्रतिशत सामाजिक विकास र २० प्रतिशत आयमूलक कार्यमा खर्च गर्दछ । उक्त सामुदायिक वनमा २६५ घरघुरी आवद्ध छन् ।
रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy