Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

धान रोप्ने वेला भैसक्यो , सरकारको ढिलासुस्तीले किसानले अझैँ मल पाएका छैनन्

काठमाडौं । धान रोपाइ सुरु गर्न लागेका किसानले रासायनिक मल समयमै नपाउने भएका छन् । मल आपूर्ति गर्ने सरकारका दुई निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले हाल युरिया र डिएपी खरिद प्रक्रिया अघि बढाएका छन्, तर गोदामसम्म मल आइपुगेको छैन ।

आजको नयाँ पत्रिका दैनकिमा खबर छ कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार बिहीबारसम्म गोदाममा सात हजार पाँच सय मेट्रिकटन युरिया र १३ हजार नौ सय मेट्रिकटन डिएपी मौज्दात छ । यो परिमाणले मुस्किलले एक साता धान्छ । यो परिमाण सकिएपछि किसानलाई तत्काल वितरण गर्ने मल सरकारी निकायसँग छैन । कृषि मन्त्रालयका अनुसार चालू आवमा मल खरिदका लागि पाँच अर्ब ९९ करोड ४६ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको थियो । त्यसबाट दुई लाख ३१ हजार मेट्रिकटन खरिद भएको छ ।

किसानले धान रोपाइँ गर्ने समयमा सधैँ मल अभावको समस्या खेप्दै आएका छन् । आगामी आर्थिक वर्षमा नौ अर्ब रुपैयाँ रासायनिक मलका लागि अनुदानमा खर्च गर्ने गरी बजेट विनियोजन गरिएको छ । यो रकमले तीन लाख मेट्रिकटन रासायनिक मल मात्र आयात गर्न सकिने कृषिमन्त्री चक्रपाणि खनालले जानकारी दिए । ‘देशमा ६ लाख मेट्रिकटन मलको आवश्यकता छ, तर तीन लाख मेट्रिकटनलाई पुग्ने मात्र बजेट आएको छ,’ उनले भने । पर्याप्त बजेट अभावमा रासायनिक मल समयमै आपूर्ति गर्न नसकेको उनको जिकिर छ ।

५० हजार मेट्रिकटन मल अभाव
रोपाइँ सुरु गर्नुअघि हिलोमा धेरै किसानले डिएपी र पोटास मिसाएर छर्छन् । त्यसैले रोपाइँ सुरु हुनुअघि डिएपी धेरै चाहिन्छ । तर, सरकारले अहिलेको बन्दोबस्तीअनुसार १५ असारपछि देशभरका लागि बढीमा २० हजार डिएपी उपलब्ध गराउने सामथ्र्य राख्दै छ । यो कुल मागको ५० प्रतिशत आपूर्ति मात्र हो । त्यस्तै, केही किसानले रोपाइँ सुरु गर्नुअघि धेरै डिएपी र थोरै युरिया मिसाएर हिलोमा छर्छन् । डिएपी आपूर्तिमा समस्या सिर्जना हुने अनुमान गरेको कृषिमन्त्री खनालले स्वीकार गरे । ‘अहिलेसम्मको स्थितिलाई हेर्दा २० हजार मेट्रिकटन डिएपी आपूर्ति गर्ने बन्दोबस्ती मिलाइएको छ,’ उनले भने, ‘त्यसैले केही समस्या होला कि भन्ने लागेको छ ।’

रोपाइँ सकिएको एक महिनापछि किसानले युरिया हाल्छन् । हरियो भएको धान हलक्क बढाउन यो सिजनमा एक लाख ३० हजार मेट्रिकटन युरियाको माग छ । तर, सरकारले जेनतेन एक लाख मेट्रिकटनसम्मको व्यवस्था गर्न सक्ने मन्त्री खनालले जानकारी दिए । ‘हामीसँग भएको मौज्दात, कृषि सामग्री र साल्ट टे«डिङले गर्न लागेको आयात परिमाण जोडेर करिब एक लाख टन युरिया धानका लागि किसानलाई दिन्छौँ, यसले मोटामोटी पुग्छ भन्ने हाम्रो बुझाइ छ,’ उनले भने । डिएपी २० हजार र युरिया ३० हजार गरेर कुल ५० हजार मेट्रिकटन मलको आपूर्ति कम हुने प्रस्ट छ ।

धानका लागि टेन्डर गरिएको युरिया र डिएपी बाटोमै
पहाडी क्षेत्रका किसानले जेठ अन्तिम साताबाट रोपाइँ सुरु गर्छन् । तराईमा असार पहिलो साताबाटै रोपाइँ सुरु हुन्छ । तर, धान रोपाइँका लागि भनेर टेन्डर गरिएको मल अहिलेसम्म नेपाल आइपुगेको छैन । कृषि मन्त्रालयका अनुसार कृषि सामग्रीले ५१ हजार मेट्रिकटन युरिया आयातको टुंगो लगाएको छ । तर, नेपाल भित्रिन २२ दिन लाग्नेछ । त्यस्तै, २० हजार मेट्रिकटन डिएपी पनि बाटोमै छ । साउन अन्तिममा मात्र नेपाल आइपुग्ने भएकाले यो डिएपी धानलाई काम लाग्नेछैन । साल्ट ट्रेडिङले सरकारी कोटामा आयात हुनेमध्ये ३० प्रतिशत मल आयातको अधिकार पाएको छ । उसले युरिया र डिएपी समान २० हजार मेट्रिकटन आयातको टेन्डर गरिसकेको छ ।

छिटो मल ल्याएर वितरण गर्ने प्रयास भइरहेको छ
चक्रपाणि खनाल,कृषिमन्त्री
किसानले धान रोप्ने वेला आइसकेको छ । यो वेला रासायनिक मलको उच्च खपत हुने भएकाले सोहीअनुसारको आपूर्ति गर्न आवश्यक तयारी गरिएको छ । यो वर्ष युरिया एक लाख मेट्रिकटन र डिएपी २० हजार मेट्रिकटन उपलब्ध गराउने गरी गृहकार्य अघि बढाइएको छ । गोदाममा यतिवेला एक सातालाई पुग्ने मल मात्र छ । टेन्डर भएको मल बाटोमा आउँदै छ । त्यसैले जतिसक्दो चाँडो मल ल्याएर किसानलाई वितरण गर्ने प्रयास भइरहेको छ । युरिया त किसानले मागे जति दिन सकिन्छ भन्ने लाग्छ । डिएपीमा भने केही समस्या होला जस्तो छ । तर, भारत सरकारसँग यसअघि भएको समझदारीअनुसार जिटुजी माध्यमबाट डिएपी र युरिया खरिदका लागि पहल गरिरहेको छु ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE