Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

नेपाल कूटनीतिक नियोग पुनर्संरचना तयारी गर्दै

डेनमार्क, क्यानडा, स्पेन र दक्षिण अफ्रिकामा दूतावास हटाउन तथा टर्की, इटली, केन्या, इन्डोनेसिया, भुटान, माल्दिभ्स, अफगानिस्तान र सिंगापुरमा थप्न पुनरावलोकन कार्यदलको प्रस्ताव

काठमाडौँ । सरकारले विदेशस्थित कूटनीतिक नियोग पुनर्संरचनाको तयारी गरेको छ । विदेशस्थित नियोगबारे पुनरावलोकन गर्न गठित कार्यदलले नियोग थपघटसहितको प्रस्ताव तयार गरेको हो । २१ मंसिर ०७५ मा परराष्ट्रमन्त्रीस्तरीय निर्णयबाट पूर्वराजदूत रुद्र नेपालको संयोजकत्वमा गठित कार्यदलले डेनमार्क, क्यानडा, स्पेन र दक्षिण अफ्रिकास्थित दूतावास हटाउन प्रस्ताव गरेको छ । त्यस्तै, टर्की, इटली, केन्या, इन्डोनेसिया र सिंगापुरमा दूतावास थप्न भनेको छ ।

आजको नयाँ पत्रिका दैनकिमा खबर छ - विश्वका १६६ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ३२ देशमा नेपालका ३९ आवासीय कूटनीतिक नियोग छन् । ३० दूतावास, तीन स्थायी नियोग, ६ महावाणिज्य दूतावास छन् । सबै महादेश, विकास साझेदार मुलुक, शक्तिराष्ट्र, श्रम गन्तव्य मुलुकमा नेपालको दूतावास छ । दक्षिण एसियामा अफगानिस्तान, भुटान र माल्दिभ्समा छैन ।

देशबाहिर कति छन् कूटनीतिक कर्मचारी ?
परराष्ट्रका जम्मा १४८ दरबन्दीमध्ये विदेशमा १३३ कर्मचारी कार्यरत छन् । चार सहसचिव, २८ उपसचिव, ४८ शाखा अधिकृत र ५३ नासु कार्यरत छन् । अहिले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालय तथा सात प्रदेशमा जम्मा १० अधिकृत गरी जम्मा १५८ दरबन्दी छ । परराष्ट्रबाहिरका जम्मा ४३ कर्मचारी पनि देशबाहिर नियोगहरूमा कार्यरत छन् । यीमध्ये सहसचिवस्तरीय १६, उपसचिव ११, शाखा अधिकृत ११, नासु पाँच छन् । सहसचिवमध्ये महावाणिज्यदूत पाँच, मिनिस्टर इकोनोमिक पाँच, सैनिक सहचारी सात, प्रहरी अधिकृत एक र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत एकजना छन् ।

दूतावास हटाउन प्रस्ताव गरिएका देश

कार्यदलले डेनमार्कस्थित दूतावास हटाउन भनेको छ । उसले २०१७ देखि नेपालस्थित दूतावास हटाएको छ र नेपाललाई विकास सहायताको प्राथमिकताबाट समेत हटाएकाले पुनर्विचार गर्न कार्यदलको सुझाब छ । कोपनहेगनबाट नेपाली दूतावास फिनल्यान्ड वा नर्वे सार्न सुझाब दिएको छ । डेनमार्कमा नेपालीको संख्या पनि पाँच हजार मात्रै छ । डेनमार्कमा हाल तीनजना कूटनीतिक कर्मचारी छन् ।
स्पेनको दूतावासमा कार्यबाहक राखेर भविष्यबारे निर्णय लिनुपर्ने कार्यदलको सिफारिस छ । सन् २०१७ मा नेपाली दूतावास स्थापना भएको स्पेनमा हाल राजदूत छैनन् । त्यहाँ दूतावासको औचित्य नभएको कार्यदलको ठहर छ ।
दक्षिण अफ्रिकामा कार्यबाहक स्तरमा पर्ख र हेरको अवस्थामा राख्नुपर्ने सुझाब कार्यदलले दिएको छ । अफ्रिका महादेशमा प्रतिनिधित्वका लागि उपस्थिति रहे पनि यसबारे पछि निर्णय लिनुपर्ने सिफारिस गरेको छ ।
साउदी अरेबिया, युएई, कतारबाहेक खाडी देशका दूतावासलाई कार्यबाहकस्तरमा राख्नुपर्ने वा महावाणिज्य दूतावासस्तरमा परिणत गर्नुपर्ने सुझाब छ ।
क्यानडामा तत्काल कायम राख्ने, तर भविष्यमा पुनर्विचार गर्नुपर्ने जनाएको छ । क्यानडामा ४० हजार नेपाली छन् । नियोगमा तीनजना कूटनीतिक कर्मचारी कार्यरत छन् ।
दूतावास खोल्न प्रस्ताव गरिएका देश

युरोप र एसियाको सेतु, युरोपको छैटौँ ठूलो अर्थतन्त्र भएको देश टर्कीमा दूतावास स्थापना गर्नुपर्ने कार्यदलको सुझाब छ । टर्कीसँग नेपालको सोझो हवाई सम्पर्क छ । टर्कीबाट नेपालमा २४ परियोजनामा एक अर्ब ८२ करोड रुपैयाँ लगानी आएको छ ।
इटलीमा दूतावास पुनः स्थापना गर्नुपर्ने सुझाब कार्यदलले दिएको छ । इटलीले नेपालमा ३६ परियोजनामा ६२ करोड ४० करोड रुपैयाँ खर्च गरेको छ । पञ्चायतमै इटलीमा स्थापना भएको दूतावास तत्कालीन समयमै बन्द भएको थियो । नेपालले तेहरानमा पनि राजदूतावास स्थापना गरेको थियो, तर पञ्चायतकालमै बन्द भएको थियो ।
इन्डोनेसिया आसियानको हेडक्वार्टर भएको र पर्यटक संख्या वृद्धिको सम्भावना भएका कारण दूतावास स्थापना हुनुपर्ने कार्यदलको छ ।
सिंगापुर एसियाको प्रमुख व्यापारिक नाका भएकाले राजदूतावास स्थापना हुनुपर्ने सुझाब छ ।
युएन एजेन्सीहरू रहेको केन्यामा नयाँ दूतावास स्थापना गर्नुपर्ने सुझाब पनि कार्यदलले दिएको छ ।
मुम्बई र बिसाखापटनममा महावाणिज्य दूतावास स्थापना गर्नुपर्ने सुझाब छ ।
भुटान, माल्दिभ्स र अफगानिस्तानमा राजदूतावास स्थापना गर्नुपर्ने कार्यदलको सिफारिस छ ।
भारत, चीन, अमेरिका, जर्मनी र फ्रान्सस्थित नेपाली राजदूतावासमा कर्मचारी थप्नुपर्ने प्रस्ताव पनि कार्यदलको छ । भियनामा एकजना कूटनीतिक कर्मचारी थप्नुपर्ने र रुसको दूतावासलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाब छ ।
कार्यदलले यसरी तयार गर्‍यो प्रतिवेदन
गत वर्ष सरकारले नियोगहरूको औचित्य र प्रभावकारिता पुनरावलोकन गर्ने र प्रभावकारी नभएका नियोग खारेज गर्ने नीति सार्वजनिक गरेको थियो । त्यसैअनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १३ नियोगको प्रभावकारिता अध्ययन गरेर प्रतिवेदन तयार गर्ने निर्णय गरे । द्विपक्षीय सम्बन्ध, उपलब्धिको समीक्षा गर्ने र भावी दिनमा आर्थिक कूटनीति प्रवद्र्धन गर्न सक्ने सम्भावना, डायस्पोरा, जनशक्ति, नियोगको कार्यचाप, नियोगको पुनर्संरचना, स्थानान्तरण, कर्मचारी थपघटलगायतबारे प्रतिवेदन पेस गर्न कार्यदल गठन भयो ।

कार्यदलले १३ देश ९क्यानडा, कायरो, कुवेत, डेनमार्क, इजरायल, दक्षिण अफ्रिका, ब्राजिल, भियना, बहराइन, ओमान, स्पेन, म्यानमार, न्युयोर्कस्थित महावाणिज्य दूतावास० पुगेर अध्ययन गरेको थियो ।

अध्ययनका क्रममा प्रतिवेदन तयार भए पनि त्यसलाई अन्तिम रूप दिन नसकिएको कार्यदल संयोजक पूर्वराजदूत रुद्र नेपालले बताए । ‘हामीले प्रतिवेदनलाई अन्तिम रूप दिन पाएका छैनौँ,’ संयोजक नेपालले नयाँ पत्रिकासँग भने, ‘बजेट सेसनका कारण अर्थ मन्त्रालयका साथीहरू आउन पाउनुभएको छैन । अब बैठक बसेपछि मात्रै थप काम हुन्छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE