काठमाडौँ । ‘मैले त हाम्रो भत्ता बढेको थाहै पाएकी थिइनँ, बढेको भए त राम्रो भयो, म त एकदम खुसी भएँ । अब कहिलेबाट पाउने हो रु तपाईलाई थाहा छ रु’ काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं। ४ निवासी ९३ वर्षीया मोहनमाया महर्जनले उत्साहित र कौतुहलताका साथ सोधिन् ।
आजको गोरखापत्र दैनिकमा खबर छ - नेपाल सरकारले आगामी वर्षको वार्षिक बजेटमा ज्येष्ठ नागरिकले पाउँदै आएको मासिक भत्ता दुई हजारबाट बृद्धि गरी तीन हजार रुपैयाँ पु¥याएपछि ज्येष्ठ नागरिकको प्रतिक्रिया बुझ्ने क्रममा उनीहरू दङ्ग देखिए ।
नुवाकोट जिल्लाको पहिरे ढुङ्गाना गाउँका ८६ वर्षीय मित्रप्रसाद ढकालले प्रसन्न हुँदै भने, ‘गाउँघरमा त मासिक तीन हजार रुपैयाँले खान नै पुग्छ ।’
तारकेश्वरधाम (गुम्बा) मा भजनकीर्तनमा भेटिएका ढकाल र उनका साथीहरू भत्ता बढेकोमा निकै खुसी देखिन्थे । उनीहरूको जिज्ञासा थियो, बढेको भत्ता साउनदेखि मात्रै पाउने हो कि अहिलेबाटै र?
काठमाडौँको दक्षिणकाली निवासी ८४ वर्षीया सीता भट्टराईले भत्ता बढेको समाचार नातिहरूबाट थाहा पाइन् । भट्टराईले हाँस्दै भनिन्, ‘सुरुमा मासिक एक सय रुपैयाँ दिएको थियो, अहिले घरमै बसेर तीन हजार रुपैयाँ पाउने कुरा सुन्दा राम्रो लाग्यो ।’ यी देशका झण्डै १३ लाख ज्येष्ठ नागरिकका प्रतिनिधि आवाज हुन् ।
अर्थमन्त्री डा। युवराज खतिवडाले ज्येष्ठ नागरिकको मासिक भत्ता दुई हजारबाट बढाई तीन हजार रुपैयाँ पु¥याएको घोषणा गरेपछि घर–घर, बस्ती–बस्ती र टोल–टोलमा यस विषयमा चर्चा चल्न थालेको छ । वृद्धवृद्धा खुसी हुन थालेका छन् ।
सामाजिक सुरक्षा कार्यक्रममा ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, एकल ९विधवा० महिला, ६० वर्ष उमेर पुगेका दलित र कर्णालीका ज्येष्ठ नागरिक, पूर्ण तथा आंशिक अपाङ्गता र लोपोन्मुख आदिवासी/जनजाति र बालबालिका समेटिन्छन् ।
सामाजिक सुरक्षा कार्यक्रमका लागि आगामी आर्थिक वर्षक लागि कुल ६४ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: