Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

प्राधिकरण गठनका विषयमा सत्तारुढ दलबीच नै मतभेद

\"Baluwatar\"५ असार, काठमाडौँ । भूकम्प पुनःनिर्माण प्राधिकरण गठनका विषयमा सत्तारुढ दलबीच गम्भीर मतभेद देखिएको छ । नेपाली काँग्रेसले दाता सम्मेलनअगावै प्राधिकरण गठनमा जोड दिएको छ भने नेकपा (एमाले)ले व्यवस्थापिका–संसद्मा सो विषयमा छलफल गरेर कानुन तयार भएपछि मात्रै गठन गर्न उपयुक्त हुने तर्क गर्दै आएको छ । प्राधिकरण गठनको विषयमा केन्द्रित रहेर प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख चार दलबीच शनिबार भएको छलफलबाट निष्कर्ष निस्कन सकेन । बैठकमा प्राधिकरण कस्तो बनाउने, नेतृत्व कसले गर्ने र कहिले गठन गर्ने भन्नेबारेमा दलहरुबीच मतैक्य हुन नसकेपछि सो विषय लम्बिने स्पष्ट सङ्केत देखिएको हो । छलफलमा काँग्रेसले यही असार १० गते हुन लागेको दाता सम्मेलनअगावै प्राधिकरण गठन गरेर अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिनुपर्नेमा जोड दिएको थियो । उसले विश्वासिलो आधार नबन्दासम्म दातृ निकायले भूकम्पपछिको पुनः निर्माणमा उल्लेख्य सहयोग गर्न नसक्ने र प्रगति हासिल गर्नसमेत कठिनाइ हुने भन्दै तत्काल सो विषयलाई टुङ्गोमा पु¥याउन आग्रह गरेको थियो । काँग्रेसले प्राधिकरण गठनको विषयलाई अध्यादेशमार्फत टुङ्ग्याउनुपर्ने धारणा राखेको थियो । तर सत्तारुढ अर्को दल एमालेले भने त्यसलाई ठाडै अस्वीकार गर्दै संसद्मा छलफलपछि प्रभावकारी कानुन बनाएरमात्रै प्राधिकरण गठन गर्नु बुद्धिमानी हुने तर्क पेस गरेको थियो । यद्यपि यी दुवै पार्टीले भने प्राधिकरणको नेतृत्व प्रधानमन्त्रीले नै गर्नुपर्छ भन्नेमा साझा धारणा प्रस्तुत गरेका छन् । उता प्रमुख प्रतिपक्षी एकीकृत नेकपा (माओवादी)ले भने शक्तिशाली प्राधिकरणको नेतृत्वमा सरकार र सरकारी निकायबाट नभई स्वतन्त्र, सक्षम र विज्ञ रहनुपर्ने धारणा सार्वजनिक गर्दै आएको छ । बैठकपछि काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भूकम्पपछिको विपत्तिलाई सामना गर्न सङ्कल्प प्रस्तावमार्फत प्राधिकरणको कल्पना गरिसकिएकाले दातृ निकायलाई विश्वासमा लिन दाता सम्मेलन अगावै शक्तिशाली निकाय बनाउनुपर्छ भन्ने प्रधानमन्त्री र आफ्नो पार्टीको धारणा छलफलमा प्रस्तुत भएको जानकारी दिए । ‘आन्तरिक बजेट नै खर्च गर्न नसकिरहेकाले दातालाई विशेष क्षमताको प्राधिकरण स्थापना गरेर यो ढङ्गले काम गर्छौं भनेर देखाउनुपर्ने अवस्था छ । प्रधानमन्त्रीको नेतृत्वमा सबै राजनीतिक दल रहने गरी अध्यादेशमार्फत त्यस्तो निकाय गठन गर्नुपर्छ\' – उपसभापति पौडेलले भने । एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले पुनःनिर्माणका लागि कस्तो संरचना बनाउने, कसरी प्रभावकारी बनाउने, नेतृत्व कसले गर्ने भन्ने बारेमा छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको बताइन् । उनले भनिन् – ‘प्राधिकरण प्रधानमन्त्रीको नेतृत्वमा रहन्छ तर व्यापक छलफलपछि मात्रै अगाडि बढाउनुपर्छ भन्ने हाम्रो धारणा छ ।\' प्राधिकरणलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा प्रमुख राजनीतिक दलको बीचमा भने मतैक्य रहेको छ । प्रधानमन्त्रीको नेतृत्वमा नै प्राधिकरण रहे पनि केन्द्रदेखि स्थानीय तहसम्म बेग्लै संरचना तयार पार्नुपर्ने र कार्यकारी निकाय हुनुपर्नेमा दलहरुलाई ध्यानकर्षण गराइँदै आएको छ । बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का कार्यबाहक अध्यक्ष एवम् उपप्रधानमन्त्री वामदेव गौतम, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारलगायतका नेताहरु सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending