कायरो । इजिप्टको कायरो विश्वविद्यालयमा छात्राहरूलाई बिहेपछि कस्तो व्यवस्था गर्ने भनेर तालिम दिन थालिएको छ। सम्बन्ध विच्छेदका घटना निकै बढेपछि यस्तो तालिम कक्षामा नाटक प्रदर्शन गरी समस्या समाधान गर्न सिकाइन्छ।
एउटा नाटकको दृश्य छ – ‘ श्रीमान् कार्यालयबाट घर आउँछन्। उनले कूचो लगाइरहेकी श्रीमतीसँग सोध्छन्। खाना बनाइनौं ? पत्नी जवाफ दिन्छिन् – केटाकेटी मैले हेरूँ। कार्यालय पनि जाऊँ। के के गरूँ ? ’ यसरी रमाइलो पारामा गृहस्थी जीवनमा आउने तीतामीठा अनुभव र प्रेमको पाठ सहज तरिकाले सम्झाइन्छ। नाटक हेरेपछि श्रीमान्ले पनि घरको काम गर्नुपर्छ भनेर विद्यार्थी र शिक्षकले अनुभूति गर्छन्।
शिक्षिका सलाहा अहमद भन्छिन्, ‘घरको काम गर्नु श्रीमान्को पनि जिम्मेवारी हो। पत्नीमा पनि समझदारी हुनु आवश्यक छ।’ पत्नीले पनि कार्यालयबाट आएका श्रीमान्को चिन्ता गर्नुपर्ने अहमदले बताइन्। त्यसपछि घरका अन्य कामलाई प्राथमिकता दिँदा राम्रो हुने उनले बताइन्। यसका लागि सरकारले विश्वविद्यालयलाई सहयोग गर्ने गरेको छ।
इजिप्टमा सम्बन्धविच्छेद निकै बढेको छ। गत वर्षमात्रै १ लाख ९८ हजार व्यक्तिले सम्बन्धच्छिेद गरेका थिए। यो पहिलो वर्षकाभन्दा ३ हजारले बढी हो। यहाँको सरकारले सन् २०२० सम्म वार्षिक ८ लाख विद्यार्थीलाई यस्तो तालिम दिने भएको छ। स्नातक तहका विद्यार्थीले कुनै पनि वर्षमा यो तालिम लिन सक्छन्। विश्वविद्यालयले यो तालिम सबै छात्राका लागि अनिवार्य गर्ने तयारी गरेको छ। –एजेन्सी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: