Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

यसरी बाहिरियो नेकपाका दुई अध्यक्षबिचको लिखित सहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच पार्टी एकता अघि भएको ५ बुँदे लिखित सम्झौता बाहिर आएपछि राजनीतिक बजार तातेको छ ।

उक्त सहमति अनुसार ५ वर्षमध्य २ वर्ष ६ महिना ओली र उत्तिनै समय प्रचण्डले सरकारको नेतृत्व गर्ने भन्ने छ । दुई अध्यक्षले गरेको लिखित सहमतिका साक्षी नेकपाका हालका महासचिव विष्णु पौडेल र अर्का प्रभावशाली नेता जनार्दन शर्मा बसेका छन् ।

उक्त ५ बुँदे सहमति यसअघि नै पत्रकार शुभशंखर कँडेलले लेखेको पुस्तक ‘एैतिहासिक एकताका आधारहरु’ प्रकाशित छ । तर यो सहमति त्यतिबेला मात्रै चर्चामा आयो जतिबेला एक टेलिभिजन अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले यस्तो सहमतिबारे बोले । प्रचण्डले नबोलेसम्म पूस्तकमा छापिएको सहमतिपत्रबारे कसैले चासो नै राखेका थिएनन् । जब बोले –यो समाचार एकाएक भाईरल हुन पुग्यो ।

यो सहमति बाहिरिएसँगै यस्तो सहमतिपत्र कसले बाहिर ल्यायो भनि नेकपाभित्र खोजीको विषय समेत बन्यो । अध्यक्ष ओली स्वदेश फर्किएलगत्तै उनले सहमतिपत्र बाहिर आएकोबारे छानविन गरेको वालुवाटारस्रोतले बतायो ।

वालुवाटार स्रोतका अनुसार –प्रधानमन्त्री ओली त्यतिबेला चकित भए जतिबेला उक्त सशमतिपत्र महासचिव विष्णु पौडेलसँगै भएकै सहमति पत्र छापिएको थियो । स्रोतका अनुसार सहमतिपत्र त्यतिबेला ४ वटा बनाइएको थियो । दुई अध्यक्ष र दुई साक्षीहरु पौडेल र शर्माले एकएकप्रति लिएका थिए । पौडेलसँग रहेको सहमतिपत्रमा हस्ताक्षर गर्दा मसी लतपतिएको प्रति थियो । सोही मसि लतपतिएको प्रति नै प्रकाशित भएपछि पौडेलबाट नै पत्र बाहिरिएको निष्कर्षमा ओली पुगेका थिए ।

यसबारे महासचिव पौडेलले भने कही प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

हेर्नुहोस् सहमतिपत्र

\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending