Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

विदेशी कम्पनी भानराइजलद्वारा प्राधिकरण खारेजी विरुद्ध मुद्दा दायर

टेलिकम ट्राफिक अनुगमन प्रणाली
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय टेलिकम ट्राफिक अनुगमन गर्न आवश्यक प्रणाली जडान प्रक्रिया खारेजी विरुद्ध सर्वोच्च आदालनमा मुद्दा दायर भएको छ। प्रक्रिया खारेजी विरुद्ध विदेशी कम्पनीले भानराइज सोलुसन्स एसएएलले मुद्दा हालेको हो। कम्पनीले प्रक्रिया खारेजी रोक्न माग गर्दै प्राधिकरण विरुद्ध मुद्दा हालेको थियो।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ मुद्दामा सर्वोच्चले यही २७ गते अन्तरकालीन आदेश जारी गरेको छ। मुद्दाबारे छलफल गर्न दूरसञ्चार प्राधिकरणलाई सार ४ गते सर्वोच्चले बोलाएको छ। यसअघि वैशाख अन्तिम साता प्राधिकरणले अन्तर्राष्ट्रिय टेलिकम ट्राफिक अनुगमन तथा नाप गर्न र एन्ट्रि फ्रड सिस्टम जडान गर्न सुरु गरेको प्रक्रिया खारेज गर्ने निर्णय गरेको थियो। प्राधिकरणले उक्त सिस्टम जडान प्रक्रियमा नियम मिचिएको पाइएकाले खारेज गरेको जनाएको छ।

‘यो सिस्टम जडानको प्रक्रियमा नियम उल्लंघन भएको पाइयो’, प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोतम खनालले भने, ‘अघिल्लो नेतृत्वले यो प्रक्रिया अघि बढाएको थियो।’ उक्त प्रक्रियामा नियम उल्लंघन भएको पाइएकाले अहिले त्यसलाई खारेज गरेर नयाँ प्रक्रियामा जान प्राधिकरणले खारेज गर्ने निर्णय गरेको खनालले बताए।

प्राधिकरणले खारेजीका विषयमा वैशाख २९ गते कम्पनीलाई पत्र पठाएर जानकारी गराएको थियो। प्राधिकरण कम्पनीलाई पठाएको पत्रमा सीमित प्रतिस्पर्धी हुन गएको उल्लेख छ। कम्पनीले भने, स्पष्टीकरण बिना नै खरिद प्रक्रिया रद्ध गर्नु तर्क संगत र कानुन संगत नभएको, तथा असान्दर्भिक, गैरकानुनी एवं औचित्यहीन भएको जिकिर गरेको छ। बिना कारण रद्ध गर्दा आफ्नो कम्पनीलाई नोक्सानी भएको भन्दै प्रक्रिया सुरु गराउन कम्पनीले माग गरेको छ। भानराइजले आफूले सो प्रक्रियाका सम्पूर्ण चरण पार गरेर न्यूनतम मूल्यमा सो प्रणाली जडान गर्न तयारी गरिरहेको तर प्राधिकरणले बिना जानकारी अचानक खारेज गरेको दाबी गरेको छ।

कम्पनीले दायर गरेको मुद्दाको निवेदनमा अन्य तीन कम्पनी एनसफ्ट लिमिटेड हङकङ, एसजीएस एसए जेनेभा, र टिकेसी टेलिकम इन्क मन्ट्रेयल, क्यानाडामध्ये आफू उत्केष्ट रेहको दाबी गरेको छ। कम्पनीले टेन्डरको वित्तीय तथा प्राविधिक मूल्यांकन आफूले ८६।२७ अंक हासिल गरेर उत्कृष्ट भएको पनि उल्लेख गर्दै खरिद प्रक्रिया टुंगोमा पुर्‍याइ पाउँ भन्दै सर्वोच्चमा माग गरेको छ। प्राधिकरणले यसअघि २०७४ असोज २० गते पहिलोपटक सार्वजनिक सूचना प्रकाशित गर्दै इन्टरनेसनल टेलिकम्युनिकेसन्स ट्राफिक मनिटरिङ सिस्टम जडान गर्न बोलपत्र आह्वान गरेको थियो। बोलपत्रमा इन्टरनेसनल टेलिकम्मुनिकेसन्स ट्राफिक मनिटरिङ, मेजरमेन्ट एन्ड एन्टी फ्रड सिस्टमका लागि आवश्यक पर्ने हार्डवेयर र सफ्टवेयरका साथै अपरेसनको डिजाइन, विकास, आपूर्ति, जडान गर्नुपर्ने भनिएको थियो।

विषेशगरी देशमा विदेशी पैसा भित्रिने प्रमुख माध्यमको रूपमा रहेको इन्टरनेसनल कलमा बिचमा घोटाला भएको हुन सक्ने अनुमानका साथ इन्टरनेसनल ट्राफिक मनिटरिङको व्यवस्था गर्न लागि प्राधिकरणले यो प्रक्रिया अघि बढाएको थियो। उदाहरणका लागि अहिले सयवटा कल विदेशबाट आउँदा ८० वटामात्र आएको छ भनी २० वटा कल लुकाइएको हुने सक्ने अनुमान त्यसबेला प्राधिकरणले गरेको थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending