काठमाडौं । सातवटै प्रदेशमा प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले शुक्रबार १९ नायब प्रहरी महानिरीक्षक (डिआइजी०को सरुवा गर्दै विभिन्न कार्यालयका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको हो । गृह मन्त्रालयले प्रदेश १ मा डिआइजी ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, प्रदेश ५ सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिममा तारिणी लम्साललाई प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा छ । प्रदेश २, ५, कर्र्णाली र सुदूरपश्चिममा एक वर्ष अवधि नपुगी डिआइजीको सरुवा भएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ प्रदेश ३ मा सरुवा हुँदा डिआइजी शेरबहादुर बस्नेतले दोस्रोपटक प्रदेशको नेतृत्व गर्ने अवसर पाएका छन् । प्रदेश ५ को प्रहरी प्रमुख हुँदा केही महिनामै उनको सरुवा भएको थियो । केही समय विमानस्थल प्रहरीको समेत नेतृत्व सम्हालेका उनी पछिल्लो समय सुरक्षा परिषद्मा थिए ।
त्यस्तै, विशेष ब्युरोमा कार्यरत कमल जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रदेश १ का केदार रिजालको अन्वेषण, योजना तथा विकास निर्देशनामा सरुवा भएको छ । प्रदेश २ का डिआइजी हरि पाल विशेष ब्युरोको प्रमुख भएका छन् ।
सुदुरपश्चिम निर्देशनालयका सुरज केसीको सुरक्षा व्यवस्थापन निर्देशनालय, गण्डकीका दानसिंह बोहराको प्रहरी एकेडेमी, प्रदेश ३ का दीपक थापाको ट्राफिक निर्देशनालय, प्रदेश ५ का पिताम्बर अधिकारीको महिला तथा बालबालिका सेवा निर्देशनालयमा सरुवा भएको छ ।
जुनियर प्रहरी एकेडेमी भरतपुरमा हरिभक्त प्रजापतिलाई जिम्मेवारी दिइएको छ भने सो एकेडेमीका महेन्द्र पोखरेको प्रहरी प्रधान कार्यालयको वृत्ति विकास निर्देशनालयमा सरुवा भएको छ । कर्णालीका प्रमुख महेशबिक्रम शाहको सुरक्षा परिषद्मा सरुवा भएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीको नेतृत्वमा डिआईजी सूर्यप्रसाद उपाध्याय आएका छन् । महानगरीय प्रहरीको नेतृत्वमा रहने भएपछि विमानस्थलको सुरक्षाका लागि एसएसपीको नेतृत्व दिइएको थियो ।
सशस्त्रका १३ डिआईजीको सरुवा
सशस्त्र प्रहरी बलका १३ डिआईजीको पनि सरुवा भएको छ । १ नम्बर बाहिनी सुनसरीमा नगेन्द्र थापा, ६ नम्बर बाहिनीमा प्रजाभक्त श्रेष्ठ, २ नम्बर बाहिनीमा राजु अर्याल, ७ नम्बर बाहिनी कैलालीमा गोविन्द क्षेत्री र ९ नम्बर बाहिनी काठमाडौंमा चन्द्रप्रकाश गौतमको सरुवा गरिएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: