Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

नेम्वाङ भन्छन्, ‘संविधान लेखन प्रक्रिया अगाडि बढिसक्यो, अब रोकिँदैन'

\"subash-nembang-400\"६ असार, पोखरा । सभामुख सुवास नेम्वाङले संविधान लेखन प्रक्रिया अगाडि बढिसकेको हुँदा अब बीचमा आउने अड्चनले यस कार्यलाई रोक्न नसक्ने बताएका छन् । व्यवस्थापिका–संसद्, विकास समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा संयुक्त रुपमा आइतबार आयोजित ‘विनाशकारी भूकम्पपछिको पर्यटन क्षेत्रको उत्थान विकास एवम् प्रवद्र्धनमा गरिनुपर्ने सुधार उपाय’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलका नेताहरुले गरेको सुझबुझपूर्ण सहमतिले संविधान लेखनको सुनिश्चिता गरेको बताए । उनले भने – ‘अब संविधान लेखनका लागि सबै आधारहरु तयार भइसकेका छन् । दलहरुबीच सहमति जुटिसकेको छ । यस्तो अवस्थामा अब संविधान लेखन प्रक्रिया रोकिन्न । ’ लामो समयपछि सार्वजनिक कार्यक्रममा भाग लिन शनिबार पोखरा आउनुभएका सभामुख नेम्वाङले प्रशन्न मुद्रामा संविधानका केही विवादित विषयमा सहमति गरेर राजनीतिक दलहरुले जनतामा नयाँ आशा जगाइदिएको उल्लेख गरे । भूकम्पपछि राजनीतिक दलहरुबीच देखिएको अभूतपूर्व एकता र सहकार्यले मुलुकको पुनःनिर्माण तथा पुनःस्थापना र संविधान लेखनमा बल मिलेको सभामुख नेम्वाङको भनाइ थियो । अर्थमन्त्री डा रामशरण महतले अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटन प्रवद्र्धन गर्न नै यही असार १० गते ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्न लागिएको र यसमा अहिलेसम्म ४० देशका १११ जना विशिष्ट व्यक्तिले सहभागिता जनाउने निश्चित भइसकेको बताए । अर्थमन्त्री डा महतले भने – ‘पुनःनिर्माण तथा पुनःस्थापनाका लागि सहयोगी हातहरु धेरै आएका छन् । स्रोतको चिन्ता छैन । खर्च गर्ने क्षमता वृद्धि गर्नुपर्छ ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले पोखरामा क्षेत्रीय विमानस्थलको छिट्टै शिलान्यास हुने विश्वास दिलाए । विकास समितिका सभापति रवीन्द्र अधिकारीले पर्यटन विकासको नयाँ खाका कोर्न पर्यटकीय राजधानी पोखरामा कार्यक्रम आयोजना गरिएको बताए । समितिका सदस्य यज्ञबहादुर थापाले पर्यटकीय राजधानी पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणको काम अगाडि बढिरहेको जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च प्राथमिकताका साथ प्रसारप्रचार गरिरहेको बताउनुभयो भने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा सोमलाल सुवेदीले स्थानीय विकास र पर्यटन विकासलाई सँगैसँगै अगाडि बढाउनुपर्ने बताए । क्षेत्रीय प्रशासक दिनेश थपलियाले पर्यटकीय नगरी पोखरा भ्रमणका लागि सुरक्षित भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार गर्नुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE