Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

हामी मार्क्सवादकै निर्देशन र पथप्रर्दशनमा अगाडि बढेका छाैं

आन्दोलनको बाटो सिधा हुँदैन् । यो निकै उकालो ओरालो गर्दै अघि बढ्ने प्रक्रिया हो । कम्युनिष्ट आन्दोलनको सुरुवातदेखि माक्र्सवादको अनुसन्धानपूर्वको इतिहासले पनि त्यहि देखाउँछ । त्यसपछिका पार्टी र आन्दोलनका इतिहासले पनि खुबै अप्ठ्यारा मार्गमा आफुँलाई हिँडाएका छन् । हामी पनि त्यहि शैलीमा नै यहाँ आईपुगेका छौं । हामी हिंड्दा कहिले दाँया खुट्टा अगाडि जान्छ अनि कहिले बाँया खुट्टा अगाडि जान्छ । कम्युनिष्ट आन्दोलन पनि त्यसरी नै दाँया र बाँया गर्दै अगाडि जाने कुरा हो ।

हामी अहिले निराश हुने स्थितिमा छैनौं । यहाँसम्म ल्याउन भूमिका खेल्ने महान् शहिदहरुको सपना पुरा गर्न जहाँ आईपुगेका छौं त्यो ठाउँबाट योगदान गर्ने गरि संकल्प गर्नुपर्छ । पार्टी एकताको जो स्थिति छ त्यो स्थितिबाट अगाडि बढ्ने संकल्प गर्ने र आफुँलाई उद्देश्यबाट विचलित नहुने संकल्प गर्ने कुरा महत्वपूर्ण हुन्छ । हामी ति महान् सहिदहरुको सम्झना गर्छौं अनि उहाँहरुलाई सम्मान गर्छौं भने हामी आन्दोलनको लक्ष्यबाट विचलित हुँदैनौं ।

कम्युनिष्ट पार्टीका संस्थापक क. पुष्पलालदेखि क. मदन भण्डारी, क. जीवराज आश्रीत अनि जययुद्ध र जनआन्दोलनका तमाम शहिदहरुले गरेको योगदानकै कारण आज हामी यहाँ छौं । हाम्रो आन्दोलनलाई समिक्षा गर्दा, आन्दोलनमा सरिक ति महान् शहिदहरुले गरेका बलिदान, लाखौं श्रमजिवी जनताले गरेको योगदान, सबैलाई सम्मानित गर्ने र स्थापित गर्ने बाटोमा हामी अगाडि बढ्नुको विकल्प हुन्न । यो नै सहि माक्र्सवादी र क्रान्तिकारी बाटो हुनसक्छ ।

हामीले पार्टी एकता गरेर एउटा ठूलो र असाधारण कामको सुरुवात गरेका छौं । हामी सिद्धान्तहिन ढंगले पार्टी एकता गरेका हेनौं । हामी माक्र्सवादकै निर्देशन, पथप्रर्दशनमा समाजवादी रणनीतिमा अगाडि बढ्ने, समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यमा छौं ।

हामीले पार्टी एकता गरेर एउटा ठूलो र असाधारण कामको सुरुवात गरेका छौं । हामी सिद्धान्तहिन ढंगले पार्टी एकता गरेका हेनौं । हामी माक्र्सवादकै निर्देशन, पथप्रर्दशनमा समाजवादी रणनीतिमा अगाडि बढ्ने, समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यमा छौं । समाजवाद तर्फ अगाडि बढेको जनताको जनवादको कार्यक्रमसहित देशलाई आर्थिक समृद्धि र नयाँ विकासको युगतिर लैजाने प्रक्रियामा छौं । समाजवादको निर्माण गर्ने बडो प्रष्ट लक्ष्यका साथ हामीले पार्टी एकता गरेका छौं ।

चाहे त्यो जनताको बहुदलीय जनवादको कुरा होस् या चाहे त्यो एक्काईसौं सताब्दीको जनवादको कुरा होस् या माओवादी जनयुद्धको कुरा होस् । तिनले खेलेको सकारात्मक भूमिकाको मूल्यांकन गर्दै अब हामी अगाडि जानको लागि ति इतिहासका अनुभवहरु, नीति कार्यक्रमहरुलाई परिमार्जन गर्दै विकसित गरेर जाने मान्यताका साथ हामीले एकता गरेका छौं ।

हामीले ति महान् सहिदहरुलाई सम्झिनुको अर्थ हामीले पार्टी एकताका बेलामा गरेका सैद्धान्तिक राजनीतिक प्रतिवद्धता र समझदारी सहमति प्रति इमान्दार रहनु भन्ने पनि हो । हामीले गरेका सम्झौतालाई इमान्दारीताका साथ कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर हाम्रा विचार, राजनीति र कार्यनीतिलाई अझ विकसित र अझ परिमार्जित गर्नु पनि हो ।

ति तमाम सहिदहरुलाई स्मरण गर्दा, यतिबेला हामीले इमान्दारीताका साथ पार्टी एकतालाई सुद्धढ गर्ने, पार्टी एकतामा बाँकी रहेका कामलाई इमान्दारीताका साथ टुंग्याउने र बाँकी भएका समझदारीमा इमान्दारीमा साथ उभिने काम गर्नुपर्छ । जसरी हिजो हामी एउटा घोषणा मार्फत गठबन्धन कायम गर्ने र पार्टी एकताको लक्ष्यसहित अगाडि बढ्ने र निर्वाचनमा एउटै घोषणा पत्र अनुसार साझा उम्मेदवारसाथ चुनावमा होमिने काम गर्यौं त्यसरी नै एकढिक्का भएर अब अगाडि जानुपर्छ ।

हामीले एकढिक्का हुने घोषणा गर्दै गर्दा लाखौं लाख जनताले दिल खोलेर समर्थन गरेका थिए । त्यसमा कुनै हिचकिचाहट र आंशका थिएन । जसको कारण हामीलाई जनताले दुईतिहाई बहुमतको ठाउँमा पनि पुर्याए । र, अहिले सरकार गठन गर्ने र देशको नेतृत्व गर्ने ठाउँमा हामीलाई जिम्मेवारी दिएका छन् । यो एउटा ऐतिहासिक महान् भूमिका पनि हो ।

महान् काम गर्दा जटिलताहरु हुन्छन् । त्यो विज्ञानको नियमभित्रै पर्छ । सरलबाट जटिलतिर, छिपछिपेबाट गहिराई तिर अगाडि बढ्नु विकासको नियम हो । समस्याहरु आउन सक्छन् तर हामीले युगिन मान्यता र युगिन सिद्धान्तको आधार खडा गरेर अगाडि जानु पर्छ ।

(जनयुद्धका सहिद रितबहादुर खड्काको १७ औं स्मृति दिवसका अवसरमा आयोजित स्मृति सभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\'ले गरेको सम्बोधनको सार)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies