जाजरकोट । एक दशकअघिसम्म डोल्पाबाट नेपालगञ्ज वा सुर्खेत गई पिठ्यूँमा नुन र खाद्यान्न बोकेर दुई महीनापछि फर्किने डोल्पावासीलाई यातायातका साधनको यात्रा भगवानको भरोसा भएको छ ।
थोत्रा जीप, मनोमानी भाडा, क्षमताभन्दा तेब्बर यात्रु राखेर यातायात व्यवसायीले जीप चलाएकाले सयौँ यात्रु भगवानको भरोसामा यात्रा गर्न बाध्य भएका हुन् ।
ठाउँ ठाउँमा प्रहरी चौकी नहुँदा खाने भए खा नत्र घिच भने झैँ गरी यातायात व्यवसायीले यात्रुहरुलाई जबर्जस्ती भेडा, बाख्रा हुले झैँ गर्दा यात्रा यात्राभन्दा हिरासत जस्तै भएको डोल्पा मुड्केचुला गाउँपालिका–६ शुरका रवीन्द्र सिंहले बताए । डोल्पामा सञ्चालनमा रहेका यातायात व्यवसायीले दर्ता बिनाका यातायातका साधन चलाइएको छन् ।
जाजरकोट सदरमुकामदेखि डोल्पाको दुनैसम्म सञ्चालनमा रहेका सबै सवारी साधनमा यात्रुहरुलाई सेवाभन्दा सास्ती दिने गरेको यात्रुहरुको गुनासो थियो । यो सडकको बीचमा पुलपुलेसा नहुँदा आधा दर्जन ठाउँमा झर्ने र फेरी गाडीमा चढ्नु पर्दा अर्को सास्ती हुने गरेको छ । आवश्यक सामग्री लिएर जाँदा वा बालबालिकासँग यात्रा गर्दा यात्राभन्दा पीडा बढी हुने गरेको नलगाड नगरपालिका–११ का शशी विकले बताइन् ।
यातायात व्यवसायीको एकाधिकारका कारण यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । प्रहरी चौकी भएको ठाउँमा सय मिटर अगाडि यात्रुलाई झारेर हिँड्न लगाई पुनः गाडीमा चढाएर यात्रा गर्न बाध्य पारिएकोे विकको भनाइ छ ।
कच्ची सडक, धुलाम्य र अप्ठ्यारो हुँदा एक ठाउँबाट अर्को ठाउँमा जाँदा मानिस नै नचिनिने गरी पुग्ने गरेको अर्का ठूलीभेरी नगरपालिका–५ का रामबहादुर रोकायले बताए । ११८ किलोमिटर यात्रा गर्दा दुई हजार ५०० भाडा तिरेर पनि सुखसँग यात्रा गर्न नपाएको दैनिक गुनासा आउने गरेको सुरक्षा अधिकारीहरु बताउँछन् ।
चालक अनुमति पत्रदेखि थोत्रा जीपमा क्षमताभन्दा बढी यात्रु राख्दा कति खेर जिन्दगी जान्छ भन्ने डरले मुटु काँप्दै हिँड्नु परेको रोकायले बताए । जीपको अगाडिको तीन सिटमा चार राख्ने गरिन्छ भने गाडीको चालक रहने सिटमा चार जना राख्दा गाडी चलाउन नै अप्ठ्यारो हुने गरेको यात्रुहरु बताउँछन् । पछाडिको भागमा छुट्टै सिट जोडेर सिट नै नभएको ठाउँमा कोचाकोच यात्रुहरु भरेर बोक्ने गरिँदै आएको छ ।
त्यसपछि जीपको छतमा कम्तीमा पनि पाँच जनाभन्दा बढी राखेर जीप सञ्चालन हुने गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय, जाजरकोट र डोल्पाले जथाभावी यात्रुहरु बोक्न नदिन कडाइ गरिएको भने पनि त्यो कार्यान्वयन हुन सकेको छैन् । सडक विभागले जिम्मा नलिएको यस सडकमा आधा दर्जन पुल निर्माण हुन बाँकी छन् । नलगाड नदीमा खोलेखेत, साप्नेखेत, खमाउरेखोला, वडाखोला, त्रात्रगाड, ताँसुगाड, तल्लुस्थित भेरी नदीमा, डोल्पाको खदाङ, त्रिपुराकोट, छलगाड, रुपगाडलगायत ठाउँमा पुल निर्माण कार्य शुरु नै गरिएको छैन । तुइनमा राखेर लिइएका जीप र जाजरकोट खण्डमा चल्ने बसले मनोमानी गर्दा यात्रुहरु हैरान भएका हुन् ।
सरकारले यो वर्ष सडक दुनैसम्म पु¥याउने भनेर उद्घोष गरे पनि पुल निर्माण नभई डोल्पामा यात्रा गर्न पाइने सम्भावना कम रहेको छ । गैरकानूनी रुपमा सञ्चालन भएका जीपहरु दर्ता प्रक्रियामा ल्याएर सञ्चालन गरी यात्रुमैत्री बनाएपछि मात्र यहाँका जनसाधारणले खुशीले यात्रा गर्न पाइनेछन् । यो सडकको स्तरोन्नति र पुल निर्माण नहुँदासम्म यहाँका नागरिकले दुःख पाइरहनेछन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: