Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

काँग्रेसले बनायो करिब तीन हजार घर

\"nepali-congress-flag-545\"६ असार, काठमाडौँ । नेपाली काँग्रेसले भूकम्पबाट घर क्षतिग्रस्त भएका तीन हजार १५० परिवारका लागि अस्थायी संरचना बनाई हस्तान्तरण गरेको छ । यी संरचना पार्टीले स्वयंसेवक परिचालन गरी निर्माण गरेको हो । गत जेठ ६ गते बसेको काँग्रेस पदाधिकारी बैठकले भूकम्प प्रभावित जिल्लामा श्रमदानका लागि स्वयम्सेवक खटाउने निर्णय गरेको थियो । निर्णयअनुसार प्रभावित २२ जिल्लामा १५ हजार स्वयम्सेवक भत्किएका अस्थायी संरचना निर्माण र राहत एवम् उद्धारमा खटिएका थिए । भत्किएको एक हजार १२५ घरको धराप संरचना हटाइएको प्रवक्ता दीलेन्द्रप्रसाद बडूले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । “ध्वस्त भएका विद्यालयमा एक हजार ८५ कक्षा कोठा निर्माण गरिएको छ, यस क्रममा १० सामुदायिक भवन र एक मन्दिरको अस्थायी संरचना बनाएका छौँ, धेरै जिल्लामा अझै स्वयम्सेवक काम गरिरहेका छन्”–उनले भने । पूर्ण विवरण सबै जिल्लाका स्वयम्सेवक काम पूरा गरी आएपछि सार्वजनिक गरिने छ । श्रमदानमा झापादेखि कन्चनपुरसम्मका तराइ जिल्लाबाट पार्टी, भ्रातृ एवम् शुभेच्छुक संस्थाका नेता, कार्यकर्ता भूकम्प प्रभावित पहाडी र हिमाली जिल्लामा खटिएका थिए । तराइका नेता कार्यकर्ता पहाड र हिमालमा स्वयम्सेवामा खटिँदा जनता बीचमा एकता र सद्भाव बढाउन मद्दत गरेको र यसले राष्ट्रिय एकतामा पनि सहयोग पुगेको काँग्रेसले जनाएको छ । यसका अतिरिक्त पार्टीका नेता र कार्यकर्ताले व्यक्तिगतरुपमा निर्माण गरेका अस्थायी संरचना र राहत विवरण यसमा समावेश नगरिएको प्रवक्ता बडूले जानकारी दिनुभयो । भूकम्प प्रतिरोधक, सुरक्षित, सुन्दर, एकत्रित र सुविधा सम्पन्न बस्ती निर्माणका निमित्त प्रथम चरणमा प्रभावित जिल्लामा र त्यसपछि क्रमशः देशभरि ‘कस्ता बस्ती कस्ता घर’ कार्यक्रम सञ्चालन गर्न काँग्रेसले माग गरेको छ । यसका लागि पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानबाट योजनासहित विज्ञ एवम् नेता कार्यकर्ताबीचमा अन्तक्र्रिया गरी नेपाल सरकारलाई सुझाव प्रस्तुत गरिएको उहाँले बताए । केन्द्रीय कार्यसमितिको वैशाख १४ गतेको निर्णयअनुसार नेपाली काँग्रेस भूकम्पपीडित सहयोग कोषको नामबाट राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा खोलिएको खाता नं ११३०००३७६३०१ मा हालसम्म रु एक करोड ६४ लाख ३९ हजार ९२९ विभिन्न सङ्घ संस्था र व्यक्तिबाट जम्मा भएको काँग्रेसले जनाएको छ । अझै पुनःनिर्माण र पुनःस्थापनाका लागि बजेट आवश्यक पर्ने भएकाले निरन्तर सहयोगको अपेक्षा गएिको प्रवक्ता बडूको भनाइ छ । श्रमदान अभियानका लागि नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ, नेपाल किसान सङ्घलगायतले स्वयम्सेवक खटाएको र नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ एवम् लोकतन्त्र अध्ययन केन्द्रले श्रमदान टोलीका लागि आवश्यक निर्माण सामग्री प्रदान गरेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy