Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

हेर्नुस ! पशुपतिको मूल ढुकुटीमा के छ ?

काठमाडौं । ‘पशुपतिको मूल ढुकुटी खोल्नुपर्‍यो। यसलाई बन्द गरी राख्नुभएन’, सांसद खिमलाल भट्टराईले भने, ‘यसभित्र के छ रु भएको सम्पत्ति सबै खरानी भयो कि बाँकी छ ? हेरौंत।’

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा बिहीबार उनले राजनीतिक सहमति गरेर वा कानुनै बनाउनुपर्ने भए बनाएर पनि मूल ढुकुटी खोल्नुपर्ने बताए। उनी राष्ट्रियसभामा सत्तारुढ दलका प्रमुख सचेतक हुन्। उनले बन्द अवस्थामा रहेको मूल ढुकुटी खोल्ने वातावरण बनाउन पशुपति क्षेत्र विकास कोषलाई आग्रह गरे।

राष्ट्रियसभामा विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले मूल ढुकुटी नखोलिनुको कारण मागे। ‘ढुकुटी नखोल्ने कारण के हो ? ’, उनले भने, ‘धार्मिक मान्यता केही छ कि रु सर्वोच्च अदालतको आदेशक के हो र? ’ यसअघि ढुकुटी खोल्न खोज्दा सर्वोच्चले रोक लगाएको थियो। उनले पशुपतिको सम्पत्ति पारदर्शी हुनुपर्ने बताए। अन्य सांसदले पनि पशुपतिनाथ मन्दिरको ढुकुटीमा भएको सम्पत्तिमा चासो राखे। उनीहरूले ढुकुटी खोलेर त्यसको अवस्थाबारे सर्वसाधारणलाई जानकारी दिनुपर्ने बताए। सांसद बद्रीप्रसाद पाण्डेले ढुकुटीको अवस्था के छ भनी प्रश्न गरेका थिए।

कोषका सदस्यसचिव डा। प्रदीप ढकालले राष्ट्रिय विपत्ति आउँदा मात्रै मूल ढुकुटी खोलिने गरेको जवाफ दिए। उनका अनुसार दासप्रथा उन्मूलनको समयमा खोलिएको थियो। मुख्य मन्दिरको माथिल्लो तलामा ढुकुटी रहेको र त्यहाँ जो कोही जान नपाउने उनले सुनाए। ‘विशेष नायक मात्र मूल ढुकुटी भएको स्थानमा जान पाउँछन् तर उनीसँग साँचो हुँदैन’, उनले भने, ‘जोसँग साँचो हुन्छ ऊ जान पाउँदैन।’

उनका अनुसार भूकम्पपछि मन्दिरको अवस्थासमेत थाहा छैन। मूल मन्दिरको भौतिक अवस्थाको प्राविधिक जाँच हुनु आवश्यक रहेको उनले बताए। ‘मूल मन्दिरभित्रको स्वरूप कस्तो छ भनेर कसैलाई थाहा छैन’, उनले भने, ‘भूकम्पले के कस्तो क्षति पुर्‍याएको छ रु त्यसको प्राविधिक जाँच हुनुपर्छ।’ यसअघि भारतीयसहितको प्राविधिक टोलीले जाँच गर्न खोज्दा मूल मन्दिरमा प्रहार भएको भन्दै विरोध भएको थियो।

पशुपति क्षेत्रभित्र रहेको चर्चबारे पनि सांसदले चासो राखेका थिए। सांसद धना खतिवडाले यसबारे कुरा उठाएकी थिइन्। कोषको जग्गाभित्रै मसिनरी चर्च छ। सदस्यसचिव ढकालले कोषभन्दा पहिले चर्च स्थापना भएको जानकारी दिए। कोषले चर्च हटाउन नसक्ने उनको भनाइ थियो।

सांसद कोमल वलीले भने पाशुपत क्षेत्रमा गाँजा खुला गरिनुपर्ने बताइन्। गाँजा प्रतिबन्ध लगाएकोप्रति चासो राख्दै उनले भनिन्, ‘अन्य देशमा गाँजा छुट छ, यहाँ किन प्रतिबन्ध ? गाँजालाई रोक लगाउनुहुन्न।’ कोषले पशुपतिलाई दुव्र्यसनरहित क्षेत्र बनाउने उद्देश्यले गाँजा प्रतिबन्ध गरेको छ। शिवरात्रिलगायत पर्वमा पनि गाँजा सेवन गर्न रोक लगाइएको छ। ‘पशुपति क्षेत्रमा गाँजा, चरेस खान पाइँदैन’, ढकालले भने, ‘गाँजा, चरेसले युवालाई नकारात्मक दिशामा लगेको छ।’ शिवलाई गाँजा, भाङ, धतुरो चाहिन्छ भन्ने गलत भएको उनको भनाइ थियो।

सांसदले श्लेषमान्तक वन डेटिङ गर्ने थलो र दुव्यर्सनीको अखडा बनेकोमा पनि जिज्ञासा राखेका थिए। सदस्यसचिव ढकालले भने श्लेषमान्तक वनमा दिनहुँ दुईपटक गस्ती टोली पठाउने गरिएको जवाफ दिए। समिति सभापति दिलकुमारी रावलले नांगा बाबाको व्यवस्थापन गर्न निर्देशन दिइन्। सदस्यसचिव ढकालले परापूर्वदेखि पशुपतिमा नांगा बाबा आउने गरेको उल्लेख गरे। यसलाई व्यवस्थापन गर्न सम्भव नरहेको उनको भनाइ थियो। ‘कसैले यसलाई अश्लीलताका रूपमा लिन्छन् त कसैले आध्यात्मिक रूपमा’, उनले भने, यो सदियौंदेखिको चलन हो। हामी यसलाई रोक्न सक्दैनौं।’

उनका अनुसार पशुपति क्षेत्रको गुरुयोजना तयार भइरहेको छ। चलअचल सम्पत्ति १ अर्ब २९ करोड रुपैयाँबराबरको देखिएको छ। १८ हजार ३ सय ४२ रोपनी जग्गा छ। सुन ५५ किलो रहेको उनले बताए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE