Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

नक्कली भ्याट बिल बनाएर ३ अर्ब कर छली गर्ने १५ व्यक्तिविरुद्ध मुद्दा दायर

काठमाडौं । नक्कली मूल्य अभिवृद्धि कर ९भ्याट० बिल जारी गरी दुई अर्ब ९८ करोड रुपैयाँ कर छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले १५ व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । मुख्य अभियुक्त सुनसरी इनरुवाका गोपालप्रसाद भट्टराई र विराटनगरका रिम्मरध्वज कार्की, दुई कर सहयोगी र तीन लेखापरीक्षकसहित १५ विरुद्ध बिगोको दुई गुणा जरिवाना र जनही तीन वर्ष कैद माग दाबी गर्दै बिहीबार मुद्दा दायर गरेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - गोपालप्रसाद र रिम्मरध्वजले विभिन्न आठ व्यक्तिको नाममा फर्म दर्ता गरेर भ्याट छली गरेका थिए । उनीहरूले विनोद धमला, सन्तोषकुमार कार्की, मेघबहादुर श्रेष्ठ, धनबहादुर भोम्जन, भरतबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला ९दमाईं० र पार्वती सूचीकारको नाममा फर्म र बैंक खाता खोलेर कारोबार गरेको विभागको अनुसन्धानमा खुलेको छ । भ्याट छली धन्दामा ललितराज कन्दङ्वा र गौरी मैनाली कर सहयोगी थिए भने लेखापरीक्षकमा जगन्नाथ गुरुङ, शरणबहादुर खड्का र टंकनाथले सहयोग गरेका थिए ।

ती फर्महरूबाट वास्तविक रूपमा वस्तु तथा सेवाको खरिदबिक्री कारोबार नै नगरी विभिन्न फर्मका नाममा झुटा बीजक जारी गरी राजस्व चुहावट गरेको विभागको दाबी छ । झन्डै पौने दुई अर्ब भ्याट छलीमा मुद्दा दायर भएको तीन महिनापछि विभागले दुई अर्ब ९८ करोड रुपैयाँ बिगोसहितको मुद्दा दायर गरेको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE