काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुनले योग शिक्षा आवश्यक रहेको बताएका छन् । शैक्षिक पाठ्यक्रममा नै समावेश गर्ने गरी योग शिक्षालाई औपचारिक र अनौपचारिक हिसाबले प्रचलनमा ल्याउनु आवश्यक रहेको उनको भनाइ छ ।पाँचौँ विश्व योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनले शुक्रबार जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आयोजना गरेको योग शिविर उद्घाटन गर्दै उनले सबै वर्ग, समुदायका मानिसलाई योग आवश्यक रहेको बताए ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - शारीरिक तथा मानसिक रूपमै स्वस्थ जीवनयापन गर्न योग शिक्षा महत्वपूर्ण रहेको भन्दै उपराष्ट्रपति पुनले भने, ‘बदलिँदो आधुनिकीकरणको समयमा योग शिक्षा अपरिहार्य छ ।’ मानिसहरूको रहनसहन, खानपान र तनावपूर्ण जीवनशैलीको व्यवस्थापन गर्न योग आवश्यक रहेको उनले बताए । मानिसमा खानपान, हिँडडुलजस्ता जीवनशैली विलासीतातर्फ उन्मुख भइरहेको भन्दै उनले विलासी जीवन जिउनेहरूले नै योगलाई अपनाउनुपर्ने बताए । यसै कार्यक्रममा सहभागी हुन बिहीबार चितवन आएका उनी शुक्रबार बिहान ५ बजे योग अभ्यास सुरु गरी दिउँसो काठमाडौं फर्किएका हुन् ।
कार्यक्रममा नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहाल, प्रदेश सांसद रीना गुरुङ, प्रजिअ जितेन्द्र बस्नेत, पूर्वडिआइजी ज्ञानेन्द्रविक्रम महतलगायत अन्य सर्वसाधारण उपस्थित थिए । संयुक्त राष्ट्रसंघको आह्वानमा २१ जुनलाई विश्वभर योग दिवसका रूपमा मनाउन थालिएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: