Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भारतसगँ अफगानिस्तानको दह्रो टक्कर हुदाँ ११ रनले कठिन जित हात पार्न सफल भारत

लन्डन । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत शनिबार भएको खेलमा भारत विजयी भएको छ । साउथह्याम्पटनको रोज बल रंगशालामा भएको खेलमा भारतले अर्को दक्षिण एसियाली टोली अफगानिस्तानलाई ११ रनले पराजित गरेको हो ।

भारतले दिएको २२५ रनको मध्यम लक्ष्य पछ्याएको अफगानिस्तानले ४९।५ ओभरमा अल आउट हुँदै २१३ रन मात्र बनाउन सक्यो । मोहम्मद नाबीले अन्तिम ओभरसम्म जितको आशा देखाए पनि तीन बल बाँकी छँदा पेभेलियन फर्किएपछि अफगानिस्तानको सम्भावना समाप्त भएको थियो । लामो समय क्रिजमा डटेका नाबीले ५५ बलमा एक छक्का र चार चौकाको मद्दतमा ५२ रन बनाए ।

अफगानिस्तानका रमात साहले ३६, कप्तान गुलबद्दिन नइबले २७, हसमतुल्लाह साहिदी र नाजिबुल्लाह जाडरनले समान २१ र हजरतुल्लाह जाजइले १० रन बनाए ।

भारतका मोहमद सामीले चार विकेट लिए । यसैगरी जसप्रीत बुमराह, हार्दिक पाण्ड्या र युजभेन्द्र चाहलले दुई÷दुई विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले खराव सुरुवात गरेको थियो । टोलीको खातामा सात रन मात्र रहेको अवस्थामा प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मालाई व्यक्तिगत एक रनमा गुमाएको भारतले त्यसपछि पनि लगातार विकेट गुमाउँदा निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २२४ रन मात्र बनाउन सक्यो ।

अफगानिस्तानका बलरको कसिलो बलिङकासामु भारतीय खेलाडीले खुलेर खेल्न सकेनन् । भारतका लागि कप्तान विराट कोहली र केदार जाधवले अर्धशतकीय पाली खेले । कोहलीले ६३ बलमा पाँच चौकाको मद्दतमा ६७ रन बनाए । यसैगरी जाधवले ६८ बलमा एक छक्का र तीन चौकाबाट ५२ रन बनाए ।

यसैगरी लोकेश राहुलले ३०, विजय शंकरले २९, महेन्द्रसिंह धोनीले २८ र हार्दिक पाण्ड्याले सात रन बनाए । अफगानिस्तानका मोहम्मद नाबी र कप्तान गुलबद्दिन नइबले दुई÷दुई विकेट लिए । यस्तै मुजीवउर रहमान, अफताव आलम, रामत साह र रासिद खानले एक÷एक विकेट हात पारे ।

यसअघि आफूले खेलेका चारमध्ये तीनवटा खेलमा भारत विजयी भएको थियो । भारतको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । अघिल्ला खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेट, अस्ट्रेलियालाई ३६ रन र चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा ८९ रनले हराएको थियो । भारत र न्युजिल्यान्डबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो । अफगानिस्तानले भने यसअघि खेलेका सबै खेलमा पराजय बेहोरेको थियो । अफगानिस्तान अस्ट्रेलिया, श्रीलंका, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र इङ्ल्यान्डसँग पराजित भएको थियो ।एजेन्सी

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending