Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

विद्यालय बनाउने जिम्मा लिएको संस्था बेपत्ता

\"School७ असार, सिन्धुपाल्चोक । जमिन धाँजा फाटेर ठाउँठाउँमा पहिरो आइरहने भएका कारण अति प्रभावित मानिने बरूवा गाविसस्थित पाँच दसक पुरानो चण्डिका मावि अहिले भाडाको जग्गामा सञ्चालित छ । विद्यालयको पुरानो भवन विनाशकारी भूकम्पबाट पूर्ण क्षति भई भग्नावेशले परिसर पुरिएको छ, जहाँ टहरा बनाउने स्थान पनि छैन । पुरानो स्थलभन्दा केही पर रिठ्ठाबारीमा व्यक्तिको जग्गा वार्षिक रु ४० हजार भाडामा अस्थायी टहरा बनाइएको छ । विद्यालयमा व्यवस्थित अस्थायी सिकाइ केन्द्र ९टिएलसी० निर्माणको जिम्मा लिएको संस्था सम्पर्कमा नआएपछि विद्यालयले आफै टहरा बनाइ पढाइ सञ्चालन गरेको हो । जिल्ला सदरमुकाम चौताराबाट टाढा पर्ने भएकाले मात्र होइन संसदीय अनुगमन समितिको प्रतिवेदनले पनि यहाँको वस्ती स्थानान्तरण गर्नुपर्छ भनेकाले होला यहाँ पर्याप्त सरकारी र गैह्रसरकारी सहयोग पुग्न सकेको छैन । विद्यालयका प्रधानाध्यापक ग्याल्बो साम्देन तामाङ आफ्नो विद्यालयमा टिएलसी निर्माणका लागि जिल्ला शिक्षा कार्यालयमा सम्झौता गर्ने सेभ द चिल्ड्रेनले ढिलाइ गरेपछि आफ्नै प्रयासमा टहरा बनाइएको बताए । टिएलसीका लागि शिक्षा विभागको मापदण्ड, नक्सा र बजेट निकासामा पनि ढिलाइ भएका कारण शिक्षक–विद्यार्थी र अभिभावकले स्वयंसेवा गरेर गत जेठ २० गतेदेखि विद्यालय सञ्चालनमा ल्याएको उहाँले जानकारी दिए । हालसम्म पूर्व राजदूत डा गणेश योञ्जन, श्याम बुद्धिम फाउन्डेसन, महिला आत्मनिर्भर केन्द्र ९मेलम्ची० ले केही भौतिक सहयोग गरेका छन् । पूर्वमा इन्द्रवती र उत्तरमा जुगल हिमाल रहेको यस गाविसमा बोलगाउँ, केराबारी, डाँडामाङ, गाङखोर, मानेडाँडा, मकुचेतजस्ता गाउँबाट चार पाँच घन्टा पैदल यात्रा पार गरेर यहाँ विद्यार्थी आउने गरेकामा भूकम्पपछि सबै विद्यार्थी विद्यालय आइसकेका छैनन् । २० जना स्थानान्तरण भएका छन् भने कोही सुख्खा पहिरोको डरले विद्यालय आउँदैनन् । भूकम्पअघि ३११ विद्यार्थी रहेकामा अहिले करिब २५० विद्यार्थी मात्र उपस्थित देखिएका छन् । जिल्लाका ११ गाविसका विद्यालयमा सरकारी सहयोग पुग्न सकेको छैन भने गाउँ नै खतराको सूचीमा रहेकाले दुई दर्जन विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । जिल्लामा सामुदायिक र निजी गरी कुल ५९१ विद्यालय छन् । भूकम्पका कारण ४६८ विद्यालय प्रभावित र ४००९ कक्षाकोठा ध्वस्त भएका छन् । ‘विपद्मा शिक्षा ः सहयोग र अनुगमन मञ्च’ सँग कुरा गर्दै सरस्वती उमावि स्रोत केन्द्र, महाङ्कालका स्रोत व्यक्ति भीम कार्कीले अन्तर्राष्ट्रिय गैह्रसरकारी र राष्ट्रिय गैह्रसरकारी संस्थाले विद्यालय पुनः निर्माणको जिम्मा लिएर सम्पर्कमा नआउने संस्थाका कारण नयाँ संस्था समेत आउन नपाएको बताउनुभयो । जिल्लामा हाल ३१ संस्थाले नियमित सहकार्य गरिरहेका छन् । संस्थाहरु किन यस्तो गर्छन् ? चाइल्ड नेपालका सचिव रत्न उप्रेती भन्छन्, “भूकम्पपछि सहयोग गर्ने संस्था बढेको र सकेसम्म धेरै गाविस तथा विद्यालय एउटैले ओगट्न खोज्ने, पछि सहयोग र साझेदार नपाइने भएकाले समन्वय नमिनेको देखिएको हो ।” जिल्ला शिक्षा अधिकारी दीलनाथ पुरी टिएलसी निर्माणको सम्झौता गरी कार्यारम्भ नगर्ने संस्थाको सम्झौता भङ्गको प्रक्रिया प्रारम्भ भएको बताउँदै संस्थाहरुले आफ्नो प्रगति विवरण नियमित कार्यालयमा उपलब्ध गराउन निर्देश गरिएको बताए । भूकम्पपछि जिल्लामा केन्द्र (शिक्षा विभाग) बाट खटाइएका उपसचिव प्रमोदकुमार शर्मा पनि जिम्मा लिएर काम नगर्ने र ढिला गर्ने संस्थाबारे अनुगमन गरी नयाँ बाटोमा जान जिल्लास्थित शिक्षा समूह (एजुकेसन क्लस्टर) को बैठकमा निर्देशन दिइएको उल्लेख गर्नु भयो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy