काठमाडौं । भगवान श्रीकृष्णको बारे लेखिएका धेरै कहानीहरु मानिसहरुले पढेका अनि सुनेका छन् । श्रीकृष्णको बाललिला, महाभारत युद्धमा श्रीकृष्णको भूमिका, उनले अर्जुनलाई दिएको उपदेश (गीता)लगायत धेरै कुराहरु चर्चामा छन् । तर, विष्णुको आठौं अवतारको रुपमा मानिएका श्रीकृष्णको निधनबारे भने धेरै मानिसहरु अनविज्ञ छन् ।
आज हामी तपाईंलाई भगवान श्रीकृष्णको मृत्युसँग जोडिएको घटनाबारे जानकारी गराउँदै छौं । त्यो घटना जसले गर्दा उनको पुरै कुलको नाशसमेत भएको थियो ।
महर्षि वेद व्यास रचित महाभारतको मौसल पर्वमा भगवान श्रीकृष्णको मृत्यु र उनको द्धारका नगरी समुन्द्रमा विलिन भएको बारे खोलिएको छ ।
श्रीकृष्णको आठौं पत्नि जाम्बवतीको पुत्रको नाम सांब थियो । देवर्षि नारद, दुर्वशा, विश्वामित्र जस्ता ऋषिमुनि भगवान श्रीकृष्णसँग भेट्नको लागि द्धारका नगरी पुगेका थिए । सांबले खेलाँचीमा एक स्त्रीको शरिर धारण गरि ऋषिमुनिसँग आफ्नो पेटमा छोरा छ कि छोरी छ भनि जिस्किएका थिए ।
ऋषिले दिएको श्रापले नै श्रीकृष्णको कुलको अन्त
एक ऋषिलाई सांबले शरारत गरेको मन नपरेपछि आक्रोशित हुँदै एक श्राप दिए । ऋषिले पेटमा फलामको तीर जन्मिने र त्यसैको कारण पुरै कुलको सर्वनाश हुने श्राप दिए ।
श्रापबाट मुक्तिको लागि सांबले प्रभास नदीमा गएर ध्यान गर्दै तामाको तीरका चूर्ण बनाएर बगाए । त्यो चुर्णलाई एक माछाले निल्यो ।
केहि समयपश्चात द्धारकामा नशिली चिजको सेवन बढ्न थाल्यो । छल–कपट, विश्वासघात जस्ता चिज त्यहाँ मानिसमा आएको थियो । मानिसहरुको गलत आचरणको कारण पाप बढेको थियो ।
पापबाट मुक्ति पाउनको लागि भगवान श्रीकृष्णले आफ्ना प्रजालाई प्रभास नदिको किनारमा व्रत बस्न लगाएका थिए । उनका सारा प्रजा त्यहाँ गए तर त्यहाँ पुगेपछि उनीहरुका बीचमा आपसमा लडाईँ भयो ।
लडाईंको अन्त्यमा केहि मानिस मात्रै बाँचेका थिए । श्रीकृष्णको आदेशअनुसार बाँचेकाहरु हस्तिनापुर तिर गए ।
घटनाबाट विचलीत श्रीकृष्ण वनमा ध्यानमा लिन थिए । त्यसबेला एक शिकारीले श्रीकृष्णलाई हिरण सम्झेर तिर चलायो । तीर श्रीकृष्णको टाउकोमा लाग्यो । भगवान श्रीकृष्ण आफ्नो मानव शरीर त्यागी वैकुण्ठ गए ।
जुन माछाले तामाको तारको चुर्ण निलेको थियो । त्यहि उसको पेटमा एक खालको धातु बनेको थियो । त्यो माछाको शिकार त्यो शिकारीले गरेको गरेको थियो । र उसले माछाको पेटबाट त्यो धातु भेटाएको थियो । जसबाट उसले तीर बनाएको थियो ।
त्यही तीरबाट नै उसले श्रीकृष्ण भगवानलाई हानेको थियो । जसको कारण श्रीकृष्ण आफ्नो त्यो अवतार छोडेर वैकुण्ठ गए । उता द्धारका नगरी पनि पुरै समुन्द्रमा डुब्न पुग्यो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: