Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

राष्ट्रपति र सभाध्यक्षबीच संविधानबारे के–के सल्लाह भयाे ?

\"Rambaran_Subash\"७ असार, काठमाडौँ । राष्ट्रपति डा. रामवरण यादव र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङबीच संविधान लेखनको समग्र वस्तुस्थिति र १६ बुँदे सहमतिका विषयमा सर्वोच्च अदालतबाट भएको आदेशपछिको अवस्थामाथि केन्द्रित रहेर छलफल भएको छ ।राष्ट्रपति कार्यालय शीतलनिवासमा पुगेर सभाध्यक्ष नेम्बाङले दलहरुबीच भएको सहमतिअनुसार संविधान लेखनको काम द्रुत गतिमा भई मस्यौदा लेखनको चरणमा पुगेको र यसलाई छिटो निष्कर्षमा पुर्याउन समितिमा अहोरात्र काम भइरहेकाबारे जानकारी गराए । संविधान लेखनले लामो समयपछि एउटा मार्ग लिइरहेका बेलामा सर्वोच्चबाट भएको आदेशले मुलुकमा अन्योलता थपेकाबारे आफूले राष्ट्रपति डा. यादवलाई जानकारी गराएको सभाध्यक्ष नेम्वाङले बताए । उनले भने– ‘संविधान लेखनको काम कसरी अगाडि बढाउने, विषयवस्तुलाई कसरी टुङ्गो लगाउने, कुनलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढाउने भन्ने दायित्व संविधानसभाको हो । यो दायित्वलाई पूरा गर्न हामी तयार छौँ, सक्षम छौँ ।’ राष्ट्रपति डा. यादवले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्तिसन्तुलन र हार्दिकता कायम गरेर अगाडि बढ्नुपर्ने, विवाद बढाउनु नहुने र संयमता अपनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । सभामुखसँग संविधान निर्माणको प्रक्रियाबारे चासो राख्दै राष्ट्रपति डा. यादवले साेमबारै जारी भएको अध्यादेशबारे समेत जानकारी गराएका थिए । पछिल्लो समय अदालत र दलहरुबीच, कार्यकारिणी र अदालतबीच, संविधानसभा र न्यायपालिकाबीच विवाद देखिएको औँल्याउँदै यस्तो हुनु नहुने आग्रह राष्ट्रपतिले गरेकाे आफ्नो कार्यकक्षमा पुगेका सञ्चारकर्मीलाई सभाध्यक्ष नेम्वाङले जानकारी दिए । नेम्वाङले भने – ‘विगतमा संविधान समयमा बनेन भनेर अदालतलगायत सबैको चिन्ता रहेकामा यस पटक दलहरुले सबैको चिन्ता देखेर आपसमा सहमति गरेका हुन् । सोही सहमतिका आधारमा अहिले संविधान लेखनको काम सहजताका साथ अगाडि बढेको छ । मैले यो जानकारी राष्ट्रपतिलाई गराएँ ।’ सभाध्यक्ष नेम्बाङले थपे– ‘राज्यका सबै अङ्गहरु सीमाभित्र रहनुपर्छ, आफ्नो दायित्व के हो भन्ने ख्याल गर्नुपर्छ, हामी प्रष्ट छाैं; त्यही सीमारेखाभित्र बसेर हामी काम गरिरहेका छौँ ।’ पछिल्लो समय सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी हुनुभन्दा अघि अदालतले संविधान लेखनको काम कहाँ पुग्यो भनेर सामान्य चासो राखेका भए त्यसपछि आउने आदेशले यो परिस्थिति निम्त्याउँदैनथियो भन्ने विषयमा आफूले राष्ट्रपतिलाई जानकारी गराएको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy