Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

सर्वोच्वको आदेशमा स्वार्थकेन्द्रहरुको चलखेल

\"Supreme_Court\"करिव ८ वर्ष लामो अन्यौल र गत्यावरोधपछि अन्ततः जेठ २५ गते मध्यरातमा ४ राजनीतिक दलहरुबीच भएको १६ बुँदे सहमतिले संविधानसभाबाट संविधान बन्ने सुनिश्चित गराएको थियो । नयाँ संविधानका सर्वाधिक विवादित र निकै महत्वपूर्ण विषयहरुमा ४ दलबीच सहमति भई ‘फास्ट ट्रयाक’ बाट सहमति भएको १ महिनाभित्रै संविधान जारी नै गरिसक्ने सहमति भएपछि त्यसले सर्वत्र चासो हुनु स्वाभाविक थियो । एमाओवादी नेतृत्वमा आन्दोलनरत ३० दलमध्येबाट मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) मात्रै चारदलीय सहमतिमा समाविष्ट हुनु र अरु सबैजसो ‘मधेशवादी’ दलहरु सहमतिको विपक्षमा उभिनु र सहमतिका बुँदा सार्वजनिक भएको तेस्रो दिन राष्ट्रपति डा. रामवरण यादवले घुमाउरो पाराले नयाँ संविधानमा आफ्नो हिस्सेदारी खोज्नुजस्ता घटनाक्रमले अब पनि निर्धारित समयमा संविधान आउने कुरामाथि धेरथोर सन्देह जन्माएको थियो । यसै परिवेशमा सर्वोच्च अदालतबाट हालै आएको ‘अर्को आदेश नभएसम्मका लागि १६ बुँदे सहमति कार्यान्वयन नगर्नू’ भन्ने आदेशले संविधान निर्माण प्रक्रियाप्रति फेरि पनि गम्भीर प्रश्नचिह्न खडा हुन पुगेको छ । तत्कालीन विद्रोही नेकपा (माओवादी) र संसदवादी ७ दलबीच ०६१ मा भएको बाह्रबुँदे समझदारीयताका सबै घटनाक्रमहरुमा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु (विशेषतः भारतीय संस्थापन) को उग्र दबदबा कायम रहेको कुरा स्पष्टै छ । करिव ३ वर्षअघि एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार गठन हुँदाबाहेक सबै राजनीतिक घटना–परिघटनाहरु उक्त शक्तिकेन्द्रको संलग्नतामै भएको कुरा सबैजसो प्रभावशाली राजनीतिक दलका शीर्ष नेताहरुले नै बारम्बार बताउँदै आएका छन् । खनाल नेतृत्वको सरकार गठन गर्ने घटनाक्रमपछि त्यस्तो शक्तिकेन्द्रको चलखेल, दबाब र निर्देशनविना देशभित्रकै राजनीतिक शक्तिहरुले स्वतन्त्रतापूर्वक निर्णय लिएको दोस्रो महत्वपूर्ण घटनाक्रमका रुपमा प्रमुख दलका शीर्ष नेताहरुले १६ बुँदे सहमतिलाई प्रचारित गरेका छन् । संविधान लेखनजस्तो महत्वपूर्ण विषयमाथि र संविधानसभाजस्तो जनताको सर्वोच्च प्रतिनिधिमूलक सार्वभौम संस्थाका क्रियाकलापलाई संकुचित र निर्देशित गर्नेगरी सर्वोच्च अदालतमार्फत आएको उक्त आदेशले राजनीतिक वृत्तमा ठूलै तरंग ल्याएको छ । र, सर्वोच्च अदालतको यस आदेशलाई नेपाली राजनीतिप्रति चासो राख्ने अधिकांशले माथि उल्लेखित घटनाक्रमसँगै जोडेर समेत हेर्न, सोहीअनुरुप छलफल गर्न र चर्चा–परिचर्चा गर्न थालेका छन् । सर्वोच्च अदालतले अहिले दिएको यसखाले आदेशले नयाँ संविधानको घोषणासँगै पदमुक्त हुन पुग्ने राष्ट्रपति र उपराष्ट्रपति, यसै मेसोमा सत्ताच्युत हुन पुग्ने प्रधानमन्त्री र सत्ताको नेतृत्व गुमाउन पुग्ने नेपाली कांग्रेस, संविधानसभाभित्रै क्रियाशील हुँदाहुँदै पनि संविधान लेखनको सर्वाधिक महत्वपूर्ण अवसरमा चाहिँ भूमिकाविहीन हुन पुगेका अनेकथरी मधेशवादी समूहहरुको चाहनालाई कुनै न कुनै रुपबाट परिपूर्ति गरिदिएको छ । अझ निकट छिमेकी नेपालमा राज्यको ढाँचा, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणालीजस्ता महत्वपूर्ण विषयमा चलेको धेरै लामो र पेचिलो विवादको निरुपण भई संविधानलेखन प्रक्रिया सार्थक हुने स्थितिमा समेत आफू भूमिकाविहीन बन्नुपरेको दक्षिणी छिमेकी राष्ट्रको वेदना र पीडामा समेत सर्वोच्च अदालतको अहिलेको अन्तरिम आदेश निकै ठूलो मलम–पट्टी बन्न पुगेको छ । नेपालमा अझै पनि एकाध दशक संविधान नबनोस्, संक्रमणकाल र अस्तव्यस्तता रहिरहोस् अनि झन् संविधानसभाबाट त कुनै पनि हालतमा संविधान बन्दै नबनोस् भन्ने भारतीय चाहना कहींकतै लुके–छिपेको विषय होइन । यी र यस्तै सन्दर्भहरुका बीच विगतमा आफैंले गरेको फैसलाको ‘नजिर’ समेतलाई लत्याएर उनै न्यायाधीशमार्फत आएको सर्वोच्चको अन्तरिम आदेश कतै साँच्चै नै उपरोक्त ‘स्वार्थसमूह’ हरुसँगको मिलिभगतमै पो आएको होइन ? जनमानसले गम्भीर प्रश्नचिह्न खडा गरेका छन् । अथवा यो परिवेश ‘बाघ कराउनु र बाख्रा हराउनु एकैसाथ’ भएजस्तो मात्रै हो ? याे त सम्बन्धित निकाय र व्यक्तिहरुले नै जान्ने कुरा हाे !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy