Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

आकाशमा उडिरहेको विमान एक्कासी हल्लिँदा ३५ घाइते

एजेन्सी । क्यानडाको भ्यान्कुभरबाट अस्ट्रेलियाको सिड्नीतर्फ उडिरहेको विमान अचानक सघन टर्बुलेन्स मा परेपछि बिहीवार ३५ जना यात्रु घाइते भएका छन्।

चलनचल्तीको भाषामा टर्बुलेन्स भनिने हावाको तापक्रम तथा अन्य कारणले उत्पन्न हुने अवस्थामा उडिरहेको विमान पर्दा निकै हल्लन्छ।

सो विमानमा २८४ जना सवार थिए।

टर्बुलेन्समा परेपछि सो विमान हवाइमा अवतरण गराइएको थियो।

होनोलुलुको विमानस्थलमा अवतरण गर्ने बित्तिकै स्वास्थ्य अधिकारीहरूले यात्रुको जाँच गरेका थिए।
सफा आकाशमा टर्बुलेन्स

विमानसेवाले जनाए अनुसार हवाइ टापुभन्दा दुई घण्टा पर पुगिसकेको सो विमानले अचानक सफा आकाशमै बेतोडको टर्बुलेन्स बेहोरेको थियो।

उसले होनोलुलुमा होटलहरूको बन्दोबस्त गरिरहेको र यात्रुहरूलाई अस्ट्रेलिया लैजान नयाँ उडानको पनि व्यवस्था गरिरहेको जनाएको छ।

ूहामी टर्बुलेन्समा पर्‍यौँ। बेस्कन हल्लिएपछि हामीहरू सबै उचालियौँ र हाम्रो टाउको माथि ठोकियो‘सबै चीज खस्यो, एकजना यात्रु जेस स्मिथले स्थानीय टेलिभिजन स्टेशनलाई बताए।

ूकेही मानिस जसले सिटबेल्ट बाँधेका थिएनन्, उनीहरू त एक्कासी उडेको जस्तो भए र तिनको टाउको माथि ठोकिए। निकै डरलाग्दो थियो, अर्का यात्रुले बताए।

के हो सफा आकाशमा हुने टर्बुलेन्स ?
क्लेयर एअर टर्बुलेन्स खासगरि सफा र शान्त आकाशमा अचानक हुन्छ जसको भेउ पाउन सकिँदैन।

विभिन्न वेगमा बगिरहेका हावाको जम्काभेट हुँदा यस्तो स्थिति पैदा हुने बताइन्छ।

यसलाई नाङ्गो आँखा वा परम्परागत रेडारले पनि पत्ता लगाउन सकिँदैन।

विमानचालकहरूले सोही स्थानबाट उडेका अन्य विमानले एअर ट्राफिक कन्ट्रोललाई दिएका जानकारीका आधारमा मात्र यस्तो अवस्था उत्पन्न भएको ठाउँ थाहा पाउन सक्छन्।

ब्रिस्बेनका एलेक्स मकडोनाल्डले क्यानडेली प्रसारक संस्था सीबीएस न्यूजसँग कुरा गर्दै यात्रुहरू स्तब्ध भएको बताए।

मेरो अगाडिका यात्रुहरू उछालिएर तिनको टाउको माथि ब्याग राख्ने ठाउँमा एक्कासी ठोकिएको र सिटमा खसेको मैले देखेँ, उनले भनिन्।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending