Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

बाढीको वितण्डा : १९ को मृत्यु, आठ बेपत्ता, हजारौं परिवार विस्थापित

संघीय ब्युरो/काठमाडौं । अविरल वर्षापछिको बाढी र पहिरोमा परी प्रदेश १, २ र ३ का विभिन्न जिल्लामा गरी १९ जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकामा चार, खोटाङमा तीन, भोजपुर र काभ्रेमा दुई–दुई, इलाम, ओखलढुंगा, पर्सा, झापा, सिन्धुली, रामेछाप, मकवानपुर र धादिङमा एक–एकजनाको मृत्यु भएको नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाले जानकारी दिए।

आजको अन्न्पुर्ण पोष्ट दैनकिमा खबर छ - बाढीपहिरोमा परी आठ जना बेपत्ता भएका छन्। यस्तै बाढीपहिरोमा परी सयौं घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन्। पहिरोले राजमार्ग अवरुद्ध हुँदा राजधानीसहित विभिन्न जिल्लामा यातायात अवरुद्ध भएको छ। तराई विभिन्न जिल्ला र राजधानीका केही ठाउँ डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ।

खोटाङको खोटेहाङ गाउँपालिका–२ का एकै परिवारका तीन जनाको मृत्यु भएको छ। पहिरोमा परी रेखा राई र उनका दुई छोरा रोमन र रोहनको मृत्यु भएको छ। घर पुरिँदा विष्णुकुमार राई घाइते भएका छन्। खोलाले बगाएर इलामको चुलाचुली–१ मा अञ्चल लावतीको मृत्यु भएको छ।

भोजपुरको ट्याम्केमयुङ गाउँपालिका, लोकखर्कका जनक विकको शौचालय गएका बेला पहिरोले पुरिएर मृत्यु भएको छ। यस्तै रामप्रसाद राई गाउँपालिका–७ बासीखोरामा घरको छानो खसेर ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको छ। ओखलढुंगाको चिसंखुगढी गाउँपालिका रातमाटेमा ९५ वर्षीया पासाङ फुरी शेर्पाको लसुने खोलाले बगाएर निधन भएको छ। झापा दमक–१० मा भालुखोलाले बगाएर ६ वर्षीया एलिजा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ।

पर्साको पर्सागढीमा बाढीले बगाएर ल्याएको काठ छोप्न भनेर सिङ्याही खोलामा पसेका बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेघराज पटेलका १२ वर्षीय छोरा निखल छन्।

अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा चार जनाको मृत्यु भएको छ। तीनजनाको टहरोले किचेर र एकजनाको पहिरोमा पुरिएर निधन भएको हो। काठमाडौं मूलपानीस्थित बाबाचोकमा टहरालाई पर्खालले थिच्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। घटनामा बारा घर भई मूलपानी बस्दै आएका ३५ वर्षीया शर्मिला यादव, १० वर्षीय छोरा कुन्दन यादव र शर्मिलाकी देवरानी ३० वर्षीया निलु यादवको मृत्यु भएको हो। प्रहरीले एक्जाभेटर लगाएर टहरा पन्छाउँदा तीन जनाको शव भेटिएको थियो। घर भत्किँदा ललितपुरको बागमती गाउँपालिकाको बगुवामा १३ वर्षका सरोज जिम्बाको मृत्यु भएको छ। गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले घर भत्केर जिम्बाको मृत्यु भएको बताए।

काभ्रेको बनेपा नगरपालिका–३ नालामा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोले पुरिँदा स्थानीय रामप्रसाद दंगालकी पत्नी ५५ वर्षीया गोमा दंगाल र सात वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले बताए। घरमाथिबाट आएको पहिरोले पुरिँदा घाइते भएका ३ जनाको उपचार भइरहेको छ। मकवानपुरको थाहा नगरपालिकामा खोलाले बगाउँदा स्थानीय शिवराम बलामीकी १४ वर्षीया छोरी सन्तमाया बलामीको मृत्यु भएको छ। खोलाले बगाएर घाइते भएकी उनको उपचारका क्रममा पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो।

प्रहरीका अनुसार रामेछाप नगरपालिका–५ मा पहिरोले पुरिएर पदमकुमारी सुनुवारको मृत्यु भएको छ। धादिङको गजुरी गाउँपालिका–४ मा घर भत्किएर अस्मिता तामाङको मृत्यु भएको छ भने सिन्धुलीको फिक्कल गाउँपालिका–१ मा पहिरोले गोठ भत्किँदा हेमकुमारी सुनुवारको मृत्यु भएको छ।

सुनसरी, पाँचथर र झापामा एकएक जना बेपत्ता भएका छन्। सुनसरीको इटहरी–५ स्थित सुकुमारी खोलाले बगाएर दुई दिनदेखि बेपत्ता युवा अझै भेटिएका छैनन्। सोही स्थानमा ग्रिल पसलमा काम गर्ने अन्दाजी ३६ वर्षका सागर थापालाई माछा मार्ने क्रममा बिहीबार बाढीले बगाएको थियो। पाँचथरको मिक्लाजुङ–४ का दियाल राई पहिरोमा परी बेपत्ता भएका छन्। मेचीनगर– १४ का ५४ वर्षीय सुफल हस्दा भद्रपुरस्थित हडिया खोला तर्ने क्रममा बेपत्ता भएका छन्।

यस्तै महोत्तरीको बलवा नगरपालिका—२ का ७० वर्षीय हनिफ बैठा, रौतहटको ईशनाथ नगरपालिका ३ का ३५ वर्षीय रामकुमार पटेल र रौतहटको गढीमाई नगरपालिका–६ सिंहरवनकी ५० वर्षीया आनन्दीदेवी राय बेपत्ता छन्। उनीहरूलाई स्थानीय खोलाले बगाएको हो।

प्रहरीका अनुसार राजधानीमा विष्णुमती खोलाले बल्खुमा एक जना बगाएको छ। उनी फेला परेका छैनन्। मकवानपुरको कैलाश गाउँपालिका–५ कालीखोलामा आएको पहिरोमा परी तारामाया पाख्रिन बेपत्ता भएकी छिन्।

ललितपुरकै भट्टेडाँडामा गुडिरहेको गाडीमाथि ढुंगाले थिच्दा ३५ वर्षीय दीपक घले घाइते भएका छन्। घले चढेको बा ४ ख ८६४ नम्बरको गाडीमाथि ढुंगा बजारिएको थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE