Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

कांग्रेस सरकारविरुद्ध आक्रामक

सभामुखको भूमिमाप्रति रुस्ट
काठमाडौं । असार ५ गते नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको प्रहरी ‘इन्काउण्टर’ मा मृत्यु भयो। सदनमा प्रमुख प्रतिपक्षी कांग्रेस मात्र नभइ सत्तारुढ दलकै सांसदले घटना ‘इन्काउण्टर’ नभइ नियन्त्रणमा लिएर ‘हत्या’ गरेको दाबी गरे। सांसदहरूले गृहमन्त्रीको जवाफ मागे। घटना भएको तीन सातापछि असार २४ गते प्रतिनिधिसभामा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिए। उनले घटनाको बचाउ गर्दै इन्काउण्टर नै भएको जवाफ दिए। गृहमन्त्रीले सदनलाई ढाँटेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी कांग्रेसले वेल घेराउ ग¥यो। कांग्रेसलाई साथ दिँदै अर्को प्रतिपक्षी दल राजपा पनि विरोधमा मिसियो।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - कुमारको मृत्यु प्रकरण र सर्लाहीमै १३ वर्षीय बालकको मृत्युपछि भएको प्रदर्शनमा गोली लागेर मृत्यु भएका नारायणसिंह महतोका विषयमा पनि कांग्रेस–राजपा एक ठाउँमा उभिएका छन्। दुवै घटना छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने उनीहरूको माग छ। ‘संसदीय समिति गठन नगरेसम्म सदन चल्न दिँदैनौं’, प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘राज्य व्यवस्था वा अन्य समितिले नभइ सदनबाटै छानबिन समिति बन्नुपर्छ।’

विगतमा सदनमा प्रभावकारी भूमिका नखेलेको भन्दै आलोचना खेप्दै आएको कांग्रेस यति बेला सरकारविरुद्ध आक्रामक देखिन थालेको छ। सदनमा प्रतिपक्षी कमजोर बन्दा सरकारमा दम्भ बढेको भन्दै कांग्रेसले आलोचना खेप्दै आएको छ। ‘सुरुमा हामीले रचनात्मक प्रतिपक्षीको भूमिका खेल्यौं। सुविधाजनक बहुमत पाएको सरकारलाई कांग्रेसले काम गर्न दिएन भन्ने आरोप लाग्ला भनेर केही समय चुप लागेकै हौं’, शुक्रबार केही सञ्चारकर्मीसँगको अन्तक्र्रियामा प्रमुख सचेतक खाँणले भने, ‘अब हामी आक्रामक रूपमा प्रस्तुत हुन्छौं। हामीले विरोधको शैली परिवर्तन गरिसकेका छौं।’

‘सरकार वैधानिक पद्धतिलाई कुल्चेर अगाडि बढ्न थालेपछि कांग्रेस विरोधमा उत्रिन बाध्य भएको हो। मानवाधिकार हनन भइरहेको छ’, संसद्मा कांग्रेसको रणनीति स्पष्ट पार्दै खाँणले भने, ‘हामी थप आक्रामक हुने स्थिति नआओस्।’

सभामुखको भूमिकाबाट कांग्रेस सशंकित छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेस र राजपाको विरोधका बीच सभामुखले सदन सञ्चालन गरे। ‘उहाँ सरकारको सहयोगी पदाधिकारी जस्तो देखिनुभएको छ। संसद्को स्वायत्ततालाई ख्याल गर्नुभएको छैन, अहिले कुर्सीबाट वेलसम्म मात्र पुगेका छौं, सभामुख नसच्चिए उहाँको कुर्सीसम्मै पुग्छौं,’ प्रमुख सचेतक खाँणले भने।

प्रतिनिधिसभामा आक्रामक बन्दै आएको कांग्रेसले राष्ट्रियसभा पनि सरकारविरुद्ध कडा रूपमा प्रस्तुत हुने संकेत दिएको छ। सरकारले एकपछि अर्को गरी ल्याएका संविधानविरोधी विधेयकहरू हामी अगाडि बढ्न दिँदैनौं,’ राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रप्रसाद पाण्डेले भने, ‘बहुमतको दम्भ देखाएर सरकार अगाडि बढ्न सक्दैन।’

संसद्मा राष्ट्रिय दलको मान्यताप्राप्त चारवटा दलमध्ये दुई दल सरकारमा छन् भने दुई दल प्रतिपक्षी भूमिका छन्। प्रतिपक्षी कांग्रेस र राजपाले सरकारविरुद्ध सदनमा मोर्चाबन्दी गर्ने सहमति गरिसकेका छन्। राजपाका अध्यक्ष मण्डलका संयोजक अनिल झासहित सदस्यहरू महन्थ ठाकुर, राजकिशोर यादव र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सदनमा सहकार्य गर्दै अगाडि बढ्ने सहमति भइसकेको छ।

सरकारको दम्भविरुद्ध लोकतन्त्रपक्षधर पार्टीहरू एक ठाउँमा उभिनुपर्ने बाध्यता आएको राजपा अध्यक्षमण्डलका संयोजक झाले बताए। ‘लोकतन्त्र, मानवधिकार, व्यक्तिको व्यक्तिगत स्वतन्त्रता, धर्म, संस्कृतिमाथि सरकारले सुनियोजित रूपमा एकसाथ आक्रमण गर्ने प्रयास गरेपछि त्यसकाविरुद्धमा हामी एक ठाउँमा उभिएका हौं’, उनले अन्नपूर्णसँग भने, ‘सरकारको मनपरीतन्त्रविरुद्ध प्रतिपक्षीको आवाज सशक्त बनाउनु अहिलेको आवश्यकता हो। लोकतन्त्र नै संकटमा पर्ने अवस्था देखियो।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE