Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

श्रीमतीले धकेल्दा श्रीमान मरे, पिर्काले हान्दा श्रीमती मरिन्, जग्गाको झगडामा अन्सारीको मृत्यु

८ असार, काठमाडौं । घरायसी झगडामा आफ्नै श्रीमतीले धकेल्दा डोटी छतिवन– २ बुडर बस्ने ३३ वर्षीय बलवीर विश्वकर्माको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका विश्वकर्माले सोमबार राति २८ वर्षीया श्रीमती हरिनासँग झगडा गर्दा हरिनाले कोठाबाट बाहिर धकेल्दा आँगनमा पल्टेर उनको घटनास्थलमै मृत्यु भएको थियो । हरिनालाई प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी, जग्गासम्बन्धी विवादमा भएको कुटपिटबाट सिरहाको लहान नगरपालिका– ४ बस्ने ७० वर्षीय महम्मद सबुर अन्सारीको मृत्यु भएको छ । सोमबार सप्तरी कुसाह– ६ बस्ने ५५ वर्षीय महम्मद गुल्जार हक र उनका छोरा लहान नगरपालिका– ४ बस्ने ३५ वर्षीय महम्मद आलमले कुटपिट गर्दा गम्भीर घाइते भएका अन्सारीको उपचारका लागि लहान अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । कुटपिटमा संलग्न हकका बाबुछोरालाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी आफ्नै श्रीमानले पिर्का प्रहार गर्दा रुपन्देही सूर्यपुरा– ९ बस्ने ३२ वर्षीया इन्द्रवती ठाकुरको घटनास्थलमै मृत्यु भएको छ । सोमबार राति घरायसी झगडामा ३६ वर्षीय शिवनाथ ठाकुरले काठको पिर्काले टाउको र मुखमा प्रहार गर्दा उनको मृत्यु भएको हो । शिवनाथ ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending