Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

‘डा.भट्टराई ! बुल्डोजर चलाउनुभयो, गो अहेड’

\"Interaction८ असार, काठमाडौं । ‘तपाईंले राजधानीमा वर्षौंदेखि नसकीएको बुल्डोजर चलाउनुभयो । तपाईंमा केही गर्ने क्षमता छ । अगाडि बढ्नुस् मेरो सपोर्ट छ ।’ वक्ताको रुपमा बोलाइएका राप्रपा नेता तथा पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले यसो भन्दै गर्दा एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराई लोहानी तिर एकोहोरो हेर्दै थिए । लोहोनीले सरकारी अध्यादेश कसैलाई दिनको लागि बनाइएको उल्लेख गर्दैगर्दा भट्टराई निकै उत्साहित देखिन्थे । यसो भन्नुको अर्थ उनलाई विज्ञहरुको ठूलो सहयोग थियो । भूकम्पपछिको नवनिर्माणको नेतृत्व गर्न चाहेका बाबुरामले नेतृत्व नपाएपछि विज्ञहरु बोलाएरै सरकारलाई चुनौती दिए । उनले खुलेरै सरकारी अध्यादेश मार्फत आएको प्राधिकरण निर्माण सम्बन्धी  खाको विरोध मात्रै गरेनन् । त्यसको विकल्पमा आफ्नो खाका नै ल्याए । त्यसमा देशका घगडान विज्ञहरुलाई सहमत गराए । उनलाई समर्थन गर्नेहरुमा देशका पूर्व गभर्नरदेखि अर्वपतिसम्म थिए । उनीहरुले खुलेरै बाबुरामको ‘नवनिर्माणको सोंच’ माथी समर्थन जनाए । कार्यक्रमको सुरुवातमै विज्ञहरुले आफ्नो भनाई राखेका थिए । पूर्वाधार विकासको क्षेत्रमा विद्यावारिधि गरेका सुरेसराज आचार्यले बाबुरामको सोंचलाई साथ मात्रै दिएनन् । सरकारी अध्यादेशको खुलेरै आलोचना गरे । उनले सरकारले ल्याएको अध्यादेश स्वायत्त नभएको बाबुरामको भनाईमा समर्थन दिए । ‘कसरी हुन्छ पुनर्निमाण ?’ शिर्षकमा लामो कार्यपत्र नै प्रस्तुत गरे । पूर्व महान्याधिवक्ता राघवलाल बैद्यले सरकारी अध्यादेशभित्रका कोटीकोटी केलाउदै त्यसको चिरफार गरे । उनको बुझाईमा सरकारले राष्ट्रिय पुनर्निमार्ण प्राधिकरण निर्माणको लागि ल्याएको अध्यादेश अपूर्ण मात्रै छैन, संस्थागत नियममा आधारित पनि छैन ।  ‘यो अध्यादेश भ्रमपूर्ण रुपमा आएको छ ।’ सरकारी अध्यादेशको बुँदा देखाउँदै उनले भने, ‘यसमा विज्ञहरुलाई जुनकुनै बेला आफ्नो मन लागेको बेला हटाउने व्यवस्था छ । यो कुनै संस्था पनि होइन । यो हेर्दैमा भ्रम हुने खालको छ ।’ आफ्नो दाँया किनारमा बसेका एमाओवादी नेता हरिबोल गजुरेलले आफ्नो तर्फबाट भएका प्रयाका बारेमा सुनाए । सभासद् रामहरी खतिवडाले भट्टराईको प्रयासलाई बधाई दिए ।  ‘तपाईं जहाँ भएर पनि देशको विकासमा योगदान गर्न सक्नुहुन्छ ।’ उनले भने, ‘  तपार्ईं आर्केटेक्चर इन्जिनियर पनि हुनुहुन्छ ।’ त्यसको लगत्तै अर्वपति उपेन्द्र महतोले बोले आफू पदमा हुँदा केही पनि नगर्ने र पछि मात्रै गफ गर्ने गरेको भन्दै उनले नेपाली राजनीतिक नेतृत्वको आलोचना गरे । उनले नँया नेपाल आइनसकेको बताए । ‘ म नयाँ नेपाल भन्दिन किन भने हामी पुरानै नेपालमा छौं ।’ उनले भने, ‘बरु समृद्ध नेपाल भन्न सकिन्छ । उनले घुमाउरो पारामा बाबुरामलाई प्राधिकरण नेतृत्व दिनुपर्ने तर्क गरे । ‘हामीले सक्षम व्यक्तिलाई देश विकासको नेतृत्व दिनुपर्छ ।’ उनले भने, ‘भोलीको पुस्ताको लागि पनि हामीले अहिले नै सक्षम व्यक्तिलाई देश विकासको जिम्मा दिनुपर्छ ।’ निवर्तमान गर्भनर युवराज खतिवडाले प्रधानमन्त्रीकै नेतृत्वमा प्राधिकरण बन्दा पनि त्यसलाई अगाडि बढाउन सकिने तर्क गरे । एमाले नेता तथा संसदको अर्थसमितिका सभापति प्रकाश ज्वालाले बाबुरामले ल्याएको सोंचबारे धेरै टिप्पणी गरेनन् । उनले संसदमा छलफलको विषय बनाएर अगाडी लान सुझाव दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy