काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय निकाय र विभागहरुको एकताको टुंगो लगाएको छ ।
मंगलबार शीर्ष नेताहरुबीच सहमति जुटेपछि एकताको काम टुंगो लागेको हो। यद्यपि, सहमति जुटेका केन्द्रिय विभाग, निकाय, जनवर्गिय संगठनका इन्चार्ज तथा जिल्ला इन्चार्ज र सहइन्चार्जहरुमा कस–कसलाई राख्ने भन्नेबारे पूर्ववत पार्टीमै आन्तरिक छलफल हुने बताइएको छ।
पूर्वएमाले र पूर्वमाओवादीको आन्तरिक टीममा नाम टुंगिएपछि सहमतिलाई स्थायी समिति बैठकमा पेश गरी घोषणा गर्ने तयारी भइरहेको छ। स्रोतका अनुसार साविक एमाले र माओवादीले पाएका जिम्मेवारीहरुमा आआफ्नै तहमा छलफल गरी टुग्याइनका लागी साउन ५ गतेसम्मको समय राखिएको छ ।
साविकका आआफ्नै पार्टीमा छलफल गरिसकेपछि मात्रै व्यक्तिका बारेमा टुगों लगाइने छ ।
कसको दावी के मा ?
केन्द्रका ३ विभागमा केन्द्रिय तहका शिर्ष नेताहरुको दावी बढी देखिएको बताइएको छ । संगठन, आर्थिक र स्कुलिंग विभागमा धेरै नेताहरुको दावी रहेको बताइएको छ ।
संगठन विभागमा वामदेव गौतम, इश्वर पोखरेल, राम बहादुर थापा लगायतको दावी रहेको छ भने स्कुलिंग विभागमा नारायणकाजी श्र्रेष्ठ र इश्वर पोखरेलको दावी रहेको छ ।
यसैगरी आर्थिक विभागमा विष्णु पौडेल र इश्वर पोखरेलको दावी रहेको बताइन्छ । पोखरेल संगठन विभाग नपाए स्कुलिंग र त्यो पनि नपाए आर्थिक विभागको प्रमुखको दावीमा छन् ।
जिम्मेवारी बाँडफाँड बाँकी रहेका केन्द्रिय निकायहरु
१. केन्द्रीय अनुशासन आयोग,
२. केन्द्रीय लेखापरीक्षण आयोग,
३. केन्द्रीय निर्वाचन आयोग,
४. राष्ट्रिय परिषद्,
५. केन्द्रीय सल्लाहकार परिषद्,
६. केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च ।
जिम्मेवारी बाँडफाँड बाँकी रहेका केन्द्रिय विभागहरु
१. अर्थ तथा योजना विभाग
२. उद्योग तथा वाणिज्य विभाग
३. उपभोक्ता हित तथा आपूर्ति विभाग
४. कृषि तथा भूमिसुधार विभाग
५. कोष तथा आर्थिक व्यवस्थापन विभाग
६. खानेपानी तथा सरसफाई विभाग
७. जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग
८. निर्वाचन विभाग
९. न्याय, कानुन तथा मानव अधिकार विभाग
१०. पर्यटन प्रबद्र्धन तथा नागरिक उड्डयन विभाग
११. प्रचार तथा प्रकाशन विभाग
१२. प्रादेशिक मामला विभाग
१३. पार्टी स्कुल विभाग
१४. पुस्तकालय तथा अभिलेख विभाग
१५. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग
१६. युवा तथा खेलकुद विभाग
१७. राजकीय मामला तथा सुशासन विभाग
१८. राष्ट्रिय सुरक्षा प्रबद्र्धन विभाग
१९. वन तथा वातावरण विभाग
२०. विज्ञान तथा प्रविधि विभाग
२१. विदेश मामला विभाग
२२. शिक्षा तथा मानवस्रोत विभाग
२३. श्रम तथा रोजगार विभाग
२४. संगठन विभाग
२५. सङ्घीय संसदीय विभाग
२६. समाज कल्याण विभाग
२७. सहकारी तथा गरिबी निवारण विभाग
२८. सहरी विकास विभाग
२९. सामान्य प्रशासन विभाग
३०. साहित्य, कला तथा संस्कृति विभाग
३१. स्थानीय तह विभाग
३२. स्वास्थ्य तथा जनसङ्ख्या विभाग
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: