हेटौंडा । मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने ४० वर्षीय टीकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय ताराबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालयको टोलीले हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना१४प ३२४५ नंको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार भुजेलले पछाडि भिर्ने झोलामा लुकाईछिपाई ल्याउँदै गरेको लागुऔषध वानरेक्स एक सय एम एलको १०० बोतल फेला परेपछि निजहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरले जबर्जस्तीकरणी मुद्दामा अदालतले दोषी साबित गरेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । फरार रहेका जिल्ला मकवानपुर हेटौंडा उपमहानगपालिका–६ बस्ने ४४ वर्षीय पुण्यप्रसाद चौलागाइँलाई प्रहरीले पक्राउ गरेको हो ।
चौलागाईंलाई जिल्ला अदालत मकवानपुरको मिति २०६९ साल चैत ६ गतेको फैसला र पुनरावेदन अदालत हेटौँडाबाट २०७१ साल असार १७ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा २ वर्ष ६ महीना कैद सजाय तोकेको थियो ।
जिल्ला प्रहरी टोलीले दुई दिनअगाडि असार ३१ गते पक्राउ गरेको र आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । चौलागाईंलाई प्रहरीले जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार भीमफेदी पठाइएको जनाएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: