पूर्वी फ्रान्समा एक ६० वर्षीय व्यक्तिले चुरोटको बट्टामा आफ्नो काटिएको खुट्टाको तस्बिर प्रयोग गरिएको थाहा पाउँदा आफू अवाक् भएको बताएका छन्।
उक्त तस्बिर धूमपानबाट हुन सक्ने सम्भावित खतराको चेतावनी दिन प्रयोग गरिएको थियो। तर उक्त तस्बिर प्रयोग गर्न उनको अनुमति भने लिइएको थिएन।
चुरोटको बट्टामा प्रकाशित उक्त तस्बिरसँगै लेखिएको थियो ( धूमपानले तपाईँको धमनीलाई अवरुद्ध गरिदिन्छ।
तर हिजोआज फ्रान्सको मेट्स सहरमा बस्दै आएका ती अल्बानियाली नागरिकका अनुसार उनले सन् १९९७ मा अल्बानियामा भएको बन्दुक आक्रमणमा परेर आफ्नो खुट्टा गुमाएका हुन्।
उनका वकिलले घटनाबारे थप जानकारी लिन युरोपेली आयोगमा सम्पर्क गर्दैछन्।
गत वर्ष लक्जम्बर्गमा चुरोट खरिद गर्दा उनका छोराले उक्त तस्बिरको पहिचान गरेको फ्रान्सका सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यसपछि त्यो बट्टा उनले घर लिएर गएका थिए।
मेरो भाइ लक्जम्बर्गबाट घर फर्कँदै थियो। फर्कनासाथ केही नभनी उसले चुरोटको एउटा ठूलो बट्टा टेबलमा राख्यो, उनकी दिदीले एउटा स्थानीय पत्रिकालाई भनिन्।
हामी अवाक् भयौँ। हामीले त्यो पत्याउनदै सकेनौँ।
सपरिवार तस्बिर हेरेपछि त्यो आफ्नो बाबुको खुट्टा रहेको उनीहरूले निष्कर्ष निकाले।
यो तस्बिर हाम्रो बुवाको हो। ती निसान अनि लक्षण, उनकी छोरीले थपिन्।
तर ती व्यक्तिका अनुसार उनले आफ्नो तस्बिर त्यसरी प्रयोग गर्न उनले अनुमति दिएका थिएनन्।
उनका अनुसार उक्त तस्बिर एउटा स्थानीय अस्पतालमा लिइएको थियो जहाँ उनी काटिएको खुट्टामा कुनै किसिमको हिँडडुल गर्न सकिने खाले उपकरण जडान गर्न सकिन्छ कि भनेर बुझ्न गएका थिए।
बीस वर्षदेखि उनी बैसाखीको सहारा लिएर हिँडडुल गर्दै आएका छन्।
विश्वासघात
उक्त परिवारका वकिलले खुट्टाको तस्बिर ती व्यक्तिको भएको पुष्टि गरेका छन्।
प्रत्येक निसान विशेष छ। ती व्यक्तिको अर्को खुट्टामा जलेको निसान छ, त्यसैबाट यो तस्बिर चिनिन्छ। कुनै विशेषज्ञलाई यो तस्बिर पहिचान गर्न कुनै पनि किसिमको समस्या हुनेछैन, उनले भने।
उनले कुनै एउटा व्यक्तिले बिनासहमति आफ्नो तस्बिर चुरोटको बट्टामा युरोपेली सङ्घअन्तर्गत रहेका मुलुकमा भेट्नु अविश्वसनीय रहेको टिप्पणी गरेका छन्।
ती वकिले उक्त तस्बिर कसरी प्रयोगमा आयो भन्नेबारे अस्पतालसँग जानकारी माग गर्दै पत्र लेखेका छन्।
युरोपेली सङ्घ अन्तर्गतका सबै मुलुकमा पाइने चुरोटका बट्टामा त्यस्तो तस्बिर वितरणका लागि जिम्मेवार युरोपेली आयोगसँग पनि सम्पर्क गरिएको बताइएको छ।
उनका अनुसार आयोगले सामान्यतया त्यस्तो तस्बिर आफ्नो डेटाबेसबाट प्रयोग गर्छ। तर त्यसमा भएको सामग्री प्रमाणित गरिएको हुन्छ र चित्रण गरिएका व्यक्तिको अनुमति लिइएको हुन्छ। बीबीसी
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: