काठमाडौ । सरकार यही साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाउने तयारीमा जुटेको छ । दिवस मनाउनका लागि आज राष्ट्रिय युवा परिषद्ले युवा सङ्घ–सङ्गठनसँग छलफल गरेको छ ।
छलफलमा उक्त दिवसलाई एक दिन मात्र मनाउनाको साटो प्रभावकारी रुपमा लैजानुपर्नेमा सबैको जोड थियो ।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले वर्षभर नै विभिन्न गतिविधि सञ्चालन गरेर उक्त दिवस मनाइने र युवाको समस्या तथा चुनौती बुझेर त्यसलाई समाधान गर्ने खालको कार्यक्रम पनि ल्याउन लागेको जानकारी दिए। यस वर्षलाई सरकारले ‘युवा परिचालन वर्ष’ पनि घोषणा गरेकाले उक्त दिवसलाई प्रभावकारी रुपमा मनाइने उनले बताए ।
\'युवा परिचालन वर्षका रुपमा मनाउन लागिएकाले वर्षभरि विभिन्न कार्यक्रम सञ्चालन गर्दछौँ\', मन्त्री विश्वकर्माले भने, \'युवालाई राष्ट्रिय लक्ष्य हासिल गर्ने दिशातिर अग्रसर गराउने छौँ ।\'
उनले युवालाई श्रम उत्पादनसँग जोड्न सकियो भने मात्र मुलुकमा समृद्धि आउने भन्दै युवामा सामाजिक जागरण रुपान्तरण गर्न आवश्यक भएको बताए ।
युवा तथा साना स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा प्रेमप्रसाद दङ्गालले युवा लक्षित कार्यक्रम प्रत्येक समूहमा पुर्याउनुपर्नेमा जोड दिए । उनले युवाका समस्या र चुनौती समाधान गर्नका लागि उनीहरूलाई स्वरोजगार बनाउनुपर्नेमा जोड दिए ।
परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले उक्त दिवस मनाउने मात्र नभई त्यसलाई उपलब्धिमूलक बनाउन सबैको सहयोग हुनुपर्ने बताए । नेपालमा सन् २००४ देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएको हो । यस वर्ष उक्त दिवसको अन्तर्राष्ट्रिय नारा ‘शिक्षामा रुपान्तरण’ तय गरिएको छ भने नेपालमा ‘शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवर्तन’ भन्ने नारा प्रस्ताव गरिएको छ ।
उक्त दिवसका अवसरमा परिषद्ले युवा संवाद, युवा उद्यमी, सिर्जना कक्ष प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, युवा उद्यम सम्मेलन, खेलकूदजस्ता कार्यक्रम गर्ने भएको परिषद्का सूचना अधिकारी धु्रवराज पौडेलले जानकारी दिए ।
परिषद्को अगुवाइमा २०७३ सालदेखि नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आइएको छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९४ देखि हरेक वर्ष अगस्त १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेदेखि सन् २००० देखि विश्वभर नै युवा दिवस मनाउन थालिएको हो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: