Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

पूर्वमा एसएलसीको नतिजा उकालो लाग्दै

\"Dhankuta\"९ असार, धनकुटा । यस वर्ष पूर्वाञ्चलका १६ वटै जिल्लाको एसएलसी परीक्षाको नतिजा उकालो लागेको छ । यो वर्ष पूर्वक्षेत्रमा ३८ दशमलव २८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । जुन गतवर्ष भन्दा ४ दशमलव ५३ प्रतिशतले बढी हो । त्यसो त देशभरिकै एसएलसी परीक्षाको नतिजामा यो वर्ष केही सुधार देखिएको छ । पूर्वमा गत वर्ष ३३ दशमलव ७५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । ४ वर्षयता पूर्वाञ्चलमा एसएलसीको परीक्षा उत्तीर्ण संख्या ४० प्रतिशत पुग्न सकेको छैन । यस वर्ष पूर्वमा नियमिततर्फबाट ९० हजार ५ सय ७६ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ३४ हजार ६ सय ७२ उत्तिर्ण भएका छन् । उत्तिर्ण मध्ये विशिष्ट श्रेणीमा २ हजार ५१ जना, प्रथम श्रेणीमा १६ हजार २ सय ८१ जना, दोस्रो श्रेणीमा १५ हजार ३ सय १८ जना र तेस्रो श्रेणीमा १ हजार २२ जना विद्यार्थी उत्तिर्ण भएका छन् । यस्तै, पुनःपरीक्षा तर्फ ४१ हजार ८ सय ४६ जना विद्यार्थी सहभागी भएपनि प्रथम श्रेणीमा ५७ जना, दोस्रो श्रेणीमा २ हजार ६ सय ६७ जना र तेस्रो श्रेणीमा १ हजार ८६ जना गरि ३ हजार ८ सय १० जना अर्थात ९ दशमलव १० प्रतिशत मात्रै उत्तिर्ण भएको क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाले जनाएको छ । शिक्षा निर्देशनालयले दिएको जानकारीअनुसार पूर्वका १६ जिल्लामध्ये झापा र ओखलढुंगाको नतिजा अन्य जिल्लाको तुलनामा राम्रो रहेको छ । झापामा यो वर्ष ५५ दशमलव ८२ प्रतिशत अर्थात ६ हजार ८६ जना विद्यार्थी उत्तिर्ण भएका छन् भने ओखलढुंगामा ५१ दशमलव ०९ प्रतिशत अर्थात १ हजार ३ सय १० जना उत्तिर्ण भएको शिक्षा निर्देशनालयका उप सचिव  पुष्पराज बरालले बताए । उनका अनुसार ताप्लेजुङमा २१ दशमलव ३२ प्रतिशत अर्थात ४ सय ४५ जना, पाँचथरमा २६ दशमलव ०६ प्रतिशत अर्थात ९ सय १ जना, इलाममा २९ दशमलव ०२ प्रतिशत अर्थात १ हजार ४ सय ८० जना, संखुवासभामा ३६ दशमलव ४२ प्रतिशत अर्थात ७ सय ६२ जना,  तेह्रथुममा २९ दशमलव ६० प्रतिशत अर्थात ५ सय  ५३ जना, धनकुटामा २५ दशमलव ९४ प्रतिशत अर्थात ७ सय ६७ जना, भोजपुरमा १७ दशमलव ११ प्रतिशत अर्थात ४ सय ९५ जना,  मोरङमा ४९ दशमलव ४४ प्रतिशत अर्थात ७ हजार ९ सय ७० जना, सुनसरीमा ४५ दशमलव ७६ प्रतिशत अर्थात ५ हजार २ सय ६३ जना विद्यार्थी उत्तिर्ण भएका छन् । यस्तै, सोलुखुम्बुमा ४४ दशमलव ०९ प्रतिशत अर्थात ७ सय ६५ जना, खोटाङमा १६ दशमलव ०२ प्रतिशत अर्थात ६ सय १ जना, उदयपुरमा २५ दशमलव ९१ प्रतिशत अर्थात १ हजार ४ सय ९० जना, सप्तरीमा १९ दशमलव ४९ प्रतिशत अर्थात १ हजार ६ सय ९६जना र सिराहामा ३७ दशमलव ०३ प्रतिशत अर्थात ३ हजार ३ सय ७२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । अनुत्तीर्ण भएका अधिकांश विद्यार्थी सामुदायिक विद्यालयका रहेको शिक्षा निर्देशनालयका उप सचिव बरालले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending