खोटाङको खानीडाँडा विमानस्थलमा कालोपत्रेको काम सम्पन्न
आषाढ़ ९ गते, २०७२ बुधवार 24th June, 2015 Wed१०:५४:४८ मा प्रकाशित
९ असार, खोटाङ । खोटाङको सदरमुकाम दिक्तेल नजिक रहेको मनमायाँ राई खानीडाँडा विमानस्थल कालोपत्रेको काम सम्पन्न भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको रु सात करोड २४ हजार ३८० लागतमा विमानस्थल कालोपत्रेको काम सम्पन्न भएको हो ।
लामा बुइल्डर्स÷चाङ्मिला जेभी निर्माण कम्पनीद्वारा कालोपत्रे गरिएको उक्त विमानस्थलको धावनमार्गको लम्बाइ ५९० मिटर र चौडाइ २० मिटरको रहेको छ ।
उक्त विमानस्थल कालोपत्रेका लागि २०७२ जेठ १५ गतेभित्र सम्पन्न गर्ने गरी २०६९ असोज १५ गते दुईपक्षीय सम्झौता भएको आयोजना प्रमुख इन्जिनियर रत्नबहादुर श्रेष्ठले बताए ।
विमानस्थल कालोपत्रे भइसकेकाले उडान/अवतरणमा कुनै असर नगर्ने इन्जिनियरको सुझावअनुसार नियमित उडान भर्ने व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष माग गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।
उनले भने, “विमानस्थलको धावन मार्ग कालोपत्रेको काम सकिएको छ, विशेष गरी अस्पतालबाट सिफारिस गरिएका बिरामीलाई चर्को मूल्यमा हेलिकप्टर चार्टर गरेर अन्यत्र लानुपर्ने बाध्यता रहेकाले नियमित उडान सुचारु गराउन प्राधिकरणसमक्ष माग गरेका हौँ ।”
विमानस्थलको कालोपत्रे सम्पन्न भएको आयोजना प्रमुखबाट जानकारी आएकाले असार ११ गते परीक्षण उडान गरी नियमित उठान भर्ने व्यवस्था मिलाइ दिन प्राधिकरणसमक्ष अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताए ।
उनले भने, “खोटाङ भौगोलिक विकटता भएको जिल्ला भएकाले सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै नियमित उडान भर्न माग गरेका हौँ, सम्भवतः सोही दिनबाट नियमित उडान हुने अपेक्षा गरेका छौँ ।”
जिल्लाका तीन विमानस्थलमध्ये सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थल कालोपत्रे भएपछि जिल्लावासी हर्षित भएका छन् । वर्षा लागेसँगै तराईसँगको सिधा यातायात सेवा बिच्छेद भएको अवस्थामा सबैभन्दा नजिक रहेको खानीडाँडा विमानस्थलमा हवाई सेवा नियमित गराउने पर्ने जिल्लावासीको माग रहेको छ ।
खोटाङवासीको आफ्नै पहलमा निर्माण गरिएको खानीडाँडा विमानस्थलमा नेपाल एयरलाइन्स, अग्नी र तारा एयरलाइन्सले उडान भर्दै आएको थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: