Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

आकाश गड्गडाउन थालेपछि उठिवास हुन्छ सेतीकिनारका बासिन्दाको

९ असार, तनहुँ । सेती नदीको कटानले बर्सेनि तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्र अन्तर्गत वडा नं ३ र १३ स्थित सेतीनदी किनारमा बसोबास गर्ने बासिन्दा आकाश गड्गडाउन थालेपछि सुरक्षित स्थानमा भाग्नु कुनै नौलो होइन । जब आकाशमा बादल मडारिन थाल्छ अनि उनीहरुको भागदौड सुरु हुन्छ । यो उनीहरुको लागि सामान्य नै बन्दै गएको छ, तर कति बेला के हुन्छ भन्ने डर र त्रास भने उनीहरुमा छँदैछ । । उक्त नदीको कटानले विस्तारै जमिन खोतल्दै जाँदा यस क्षेत्रको पाँचसय मिटर दुरीको जमिन भासिने र चर्किन थालेपछि नदी किनार आसपासमा बसोबास गर्दै आएका विस्थापित हुन थालेका छन् । गत वैशाख १२ गते गएको भूकम्पका कारण नदी किनारका जमिन तथा चट्टान खस्न जाँदा सेती नदी साँघुरिदै गएको छ । पानीको कटान तथा भूकम्पका कारण जमिन तथा घर चर्कन थालेपछि नदीवारी पुलचोक क्षेत्रका ३४ र नदी पारी पुलचोकका २४ गरी ५८ घरपरिवार पूर्णरुपमा प्रभावित भएका छन् । त्यसैगरी, ३५ घरपरिवार विस्थापित भइसकेको अवस्था छ । वर्षायाम सकिएसँगै नदीमा पानीको बहाव घट्दै गएपछि पुनः त्यही स्थानमा बस्दै आएका मानिस अब वर्षायाम सुरुसँगै कता गएर सुरक्षित ठाउँमा बसोबास गर्ने हो भनेर चिन्तित हुन थालेका छन् । अन्यत्र जग्गा जमिन हुने त सुरक्षित स्थानमा गइसके तर हामी अन्यत्र जग्गा जमिन नहुने डर र त्रासले भएपनि बाध्यताले बस्नुपरेको दुखेसो पोख्नुहुन्छ पुल्चोक निवासी रतनकुमार मल्ल । नदी कटान र भूकम्पले जमिन हल्लिएर वारिपारी नै चिराचिरा परेर भासिन थालेपछि झनै खतरा बढेको छ मल्लले भने । अब यस स्थानमा बस्न जोखिम भएको छ, अर्का स्थानीय कोपिला खाँणले भने, ‘वर्षायामसँगै त्रासैत्रासमा दिनहरु बित्ने गरेका छन् ।’ आकाशमा कालो बादल मडारिन थालेपछि त्यसक्षेत्रका बासिन्दा घरपसलका ढोका बन्द गरेर सुरक्षित स्थानमा भाग्नुपर्छ, खाँणले भने ।’ सुरक्षित स्थानमा पुनःस्थापना गर्न पटकपटक सरकारी निकायमा आग्रह गरिएपनि कुनै पहल नहुँदा दुःख लागेको उनले बताए । त्यस क्षेत्रका बासिन्दाको एउटै स्वर छ सुरक्षित स्थानमा पुनःस्थापना हुनुप¥यो । ‘समयमा सरकारका कुनै पनि निकायको ध्यान पुग्दैन, जब घटना घट्छ अनिमात्र निकाय तात्छन् ।’ शुक्लागण्डकी वडा नं–३ दुलेगौँडा बजारक्षेत्र र शुक्लागण्डकी नगरपालिका–१३ भोटेक्याम्प जोड्ने क्षेत्रमा तीनवटा पुलमध्ये सुरुको काठको, बीचको झोलुङ्गे र अन्तिमको पक्की पुल रहेकोमा झोलुङ्गे पुलको बीचभागमा धाँजा फाटेर ढुन्ढुरो पर्दा ठूलो बाढी, पहिरो आएको समयमा रुख बगाएर ल्यायो भने कुनै नदी थुनिने खतरा बढिरहेको खैरेनीटार बजार इकाइका सभापति अर्जुनकुमार श्रेष्ठले जानकारी दिए । उक्त नदी थुनियो भने दुलेगौँडा बजारको केही क्षेत्रलाई समेत ठूलो धक्का पर्नेछ, उनले भने। नदी कटान र भूकम्पले गर्दा नदी किनारका चट्टान खसेर नदी साँघुरो हुँदै गएकाले वर्षायामको नदीले थप क्षति पु¥याउन सक्ने देखिएकाले जतिसक्दो चाँडो नदीबाट ढुङ्गा हटाउनुपर्ने देखिन्छ शुक्लागण्डकी नगरपालिकाका कार्यकारी अधिकृत हरिराम नागिलाले भने, ‘नदीबाट ढुङ्गा हटाउन सकिएन भने दुलेगौँडा बजारलगायत नदी किनारमा बसोबास गर्दै आएका झन्डै तीन हजार घर प्रभावित हुनेछन् ।’ ‘उक्त नदीबाट ढुङ्गा हटाउनका लागि चाहिने बजेट नगरपालिकासँग छैन’, उनले थपे । नदीको अवस्था र त्यसले पु¥याउनसक्ने क्षतिका बारेमा जिल्ला दैवी प्रकोप उद्धार समितिलाई समेत जानकारी गराइएको छ । त्यसैगरी, भूकम्पपछि जिल्लाको अवस्था बुझ्न आएको संसदीय अनुगमन टोलीलाई समेत यस बारेमा जानकारी गराएको तर यस विषयमा कुनै सुनुवाई नभएको कार्यकारी अधिकृत नागिलाले बताए। यस विषयमा समयमै सरकारी निकायको ध्यान पुग्न नसक्ने हो भने जुनसुकै बेला पनि घटना नघट्ला भन्न नसकिने अवस्था रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies