Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

मुम्बईका अधिकांश भूभाग डुबानमा, रेल सेवा र सडक अवरूदृ

मुम्बई । निरन्तर भारी वर्षाको कारण मुम्बईका अधिकांश भूभाग डुबानमा परेका छन् । मंगलबार रातीदेखि पुनः भएको भारी वर्षासँगै मुम्बई डुबान परेको हो । डुबानको कारण मुम्बईमा अहिले रेल सेवा बन्द भएको छ । डुबानले गर्दा मुम्बईको उद्योगधन्दा, व्यावसायीक क्षेत्रहरु ठप्प भएका छन् ।

बुधबार बिहान अँधेरी फ्लाईओभरमा वर्षाको कारण तीन कार ठोक्किदाँ ८ जना घाईते भए । भारी वर्षाले मुम्बईको हिंदमाता, दादर, अंधेरी, सायनकाको सडक र रेलवेमा पानी भरिएको छ । बुधबार बिहानसम्म कोलाबामा १७१ मिमी वर्षा भएको जनाइएको छ । भारतीय मौसम विभागले जनाएअनुसार चक्रवातको कारण आगामी दुई दिनसम्मै भारी वर्षा हुनेछ ।

बिहारमा वर्षासँगै चट्टानको प्रकोप, २८ को मृत्यु
बिहारको पटना, औरंगाबाद, जमुई र भागलपुरसमेत ८ जिल्लामा चट्टान पर्दा मंगलबार २८ को मृत्यु भएको छ । वर्षासँगै चट्टानले बिहारमा वितण्डा मच्चाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसैबीच निरन्तर वर्षाको कारण आएको बाढीमा परि भारतको बिहारमा अहिलेसम्म १०५ जनाको मृत्यु भएको छ । बाढीमा परि सीतामढीमा २७ र मधुबनीमा २५ जनाको ज्यान गएको छ । बाढीले अररिया, शिवहर र दरभंगामा पनि मानवीय क्षति पु¥याएको छ । बाढीका कारण बिहारमा मात्रै करिब ९ लाख मानिसहरु प्रभावित भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy