Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

पाकिस्तानी आतंककारी काश्मीर र अफगानिस्तानमा लडिरहेको इमरानको स्वीकारोक्ती

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिका भ्रमणको क्रममा पाकिस्तानमा आतंककारी भएको स्वीकार गरेका छन् । अमेरिकी सांसद शीला जैक्सन लीले आयोजना गरेको रिसेप्शनमा खानले सो कुरा खुलाएका हुन् । उनले पाकिस्तानमा अझैपनि ३० देखि ४० हजार आतंकारी रहेको बताएका छन् । पाकिस्तानी आंतककारी काश्मीर र अफगानिस्तामा लडिरहेको खानले खुलाएका छन् ।

‘आज पनि पाकिस्तानभित्र ३० देखि ४० हजार आतंककारी छन् । यसमा कतिपय प्रशिक्षित आतंककारी काश्मीर र अफगानीस्तानमा लडिरहेका छन् ।’ इमरानले भने, ‘एक समय देशमा ४० आतंककारी संगठन थिए तर पछिल्लो १५ वर्षमा पाकिस्तानी सरकारले यो कुरा अमेरिकालाई लुकाएको थियो ।’

इमरान खानले आतंकवादीसँग पाकिस्तानी सरकारको कुनै लेना–देना नभएकोसमेत प्रष्ट्याएका छन् । उनले पाकको जमिनमा कुनै समय ४० आतंकी संगठनसमेत रहेको बताए । ती आतंकी संगठनबाट पाकिस्तान मुश्किलसँग जोगिएको पनि उनले सो अवसरमा खुलाए ।

खानले अफगानिस्तान शान्ती ल्याउन पाकिस्तानले सक्दो सहयोग गर्ने बताएका छन् । उनले काम मुश्किल भएपनि पाक जनता समस्या सुल्झाउन एक रहेको बताए ।

इमरान खान तीन दिने भ्रमणको अन्तिम दिन मंगलबार कैपिटल हिलमा हाउस अफ रिप्रेजेंटेटिब्सको स्पीकर नैंसी पेलोसीसँग भेटघाट गरेका थिए । यस अघि उनले अमेरिकी विदेश मन्त्री माइक पोम्पियोसँग पनि भेटघाट गरेका थिए ।

भ्रमणको दौरान खानले पाकिस्तान र अमेरिका बीच सम्बन्ध सुद्धढ हुनुपर्नेमा जोड दिएका छन् । उनले दुई देशबीच बन्न नसकेको विश्वासको वातावरणलाई आफुँ नयाँ शिराबाट अगाडि बढाउन आएको बताएका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending