वासिंटन । अमेरिकाले मृत्युदण्डको सजाय पाएकाहरुको सजाय कार्यान्वयन गर्ने भएको छ । अमेरिकी न्याय मन्त्रालयले १६ वर्षपछि सजाय कार्यान्वयन गर्ने घोषणा गरेको हो ।
महान्यायाधिवक्ता विलियम बारले विज्ञप्ति जारी गर्दै ब्यूरो अफ प्रिजन्स (बीओपी) लाई पाँचजना कैदीको मृत्युदण्डको मिति तय गर्न निर्देशन दिएका छन् । बालबालिका र ज्येष्ठ नागरिकको हत्या वा बलात्कारको मुद्दामा दोषी पाइएका उनीहरुलाई जेलमा राखिंदै आएको थियो । उनीहरुले पाएको मृत्युदण्ड आगामी डिसेम्बर र सन् २०२० को जनवरीमा कार्यान्वयन गर्ने मिति तय गरिएको छ ।
न्याय मन्त्रालयको यो घोषणाले राज्यद्वारा निर्दे्शित मृत्युदण्डको विरोधका रुपमा संघीय सरकारले जारी राखेको एउटा अघोषित स्थगनलाई हटाई दिएको छ । संघीय सरकारले सन् २००३ मा खाडी युद्धका बेला एक १९ वर्षीय सैनिक ट्रेसी जोय म्याकब्राइडको हत्या आरोपमा ५३ वर्षीय लुइस जोन्स जुनियरलाई मृत्युदण्ड दिएपछि अघोषित रुपमा स्थगन गरेको थियो ।
सन् १९७२ मा सर्वोच्च अदालतको एउटा आदेशले राज्य र संघ तहका सबै मृत्युदण्डलाई खारेज गरिदिएको थियो । त्यसबेला सर्वोच्चले मृत्युदण्डसम्बन्धी कानुनलाई पनि खारेज गरेको थियो ।
पछि सन् १९७६ मा सर्वोच्च अदालतको अर्को एउटा फैसलाले कतिपय राज्यमा मृत्युदण्डलाई पुनः खुला गरिदियो र सन् १९८८ मा सरकारले एउटा कानुन पारित गरेर संघीय तहमा फेरि मृत्युदण्डलाई कायम गरिदिएका थियो ।
मृत्युदण्ड सूचना केन्द्रले संकलन गरेको तथ्यांक अनुसार सन् १९८८ देखि २०१८ सम्म संघीय स्तरका मुद्दामध्ये ७८ जनालाई मृत्युदण्डको फैसला भए पनि हालसम्म ३ जनालाई मात्र दिइएको देखिन्छ । मृत्युदण्डको सूचीमा अझै ६२ जना मानिस छन् ।
महान्यायाधिवक्ताले पहिले मृत्युदण्ड दिने क्रममा तीन वटा विषालु औषधिको प्रयोग गरिने गरिएकोमा अब भने एउटै औषधि प्रयोग गर्न निर्देशन दिएका छन् । एजेन्सी
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: