Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

अब असई र सई पद खारेज हुने

काठमाडौं । भारतीय फौजी संरचनामा आधारित नेपालको प्रहरी सेवालाई अब अन्तर्राष्ट्रिय अभ्यासमा लैजाने गरी छलफल शुरु भएको छ । तर, सशस्त्र प्रहरीले भने धेरै छलफल नगरी प्रस्तावित संरचनालाई अनुमोदन गरेर पुनःसंरचना थालिहाल्ने सुरसार कसेको छ ।

नेपाल प्रहरी र सशस्त्रको विद्यमान नियमावली अनुसार प्रहरी सहयोगी (परिचर), जवान (सिपाही), सहायक निरीक्षक (असई) र निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना खुल्दै आएकोमा अब त्यसलाई हटाएर एकथरि राजपत्रांकित तृतीय श्रेणीकै अधिकृत हुने, अर्काथरि श्रेणीविहीन (सहायक स्तर) को (सिपाही) रहने अवधारणा अगाडि सारिएको छ ।

फौजी संगठनको तल्लो दर्जामा धेरै पद सिर्जना गर्दा जिम्मेवारी बहन गर्नेभन्दा बढी ती पदोन्नती केन्द्रित भूमिकामा सक्रिय हुने भएर यस्तो व्यवस्था गर्न लागिएको हो । यसो गर्दा सशस्त्र प्रहरीमा सिपाही र हवल्दारपछि एकैचोटि इन्स्पेक्टरको पद हुने भएकाे छ ।

बीचमा रहने सई र असईका नयाँ पद खारेजीमा पर्दैछन् । यस्तो अभ्यास नेपाली सेना र अधिकांश देशका सुरक्षा निकायमा छ । सेनाले गैरप्राविधिक भर्नाका क्रममा सिपाहीपछि एकैपल्ट उपसेनानी (सेकेण्ड लप्टन) पदमा भर्ना लिन्छ ।

सशस्त्रले पनि त्यस्तै अभ्यास शुरु गर्दै छ । नेपाल प्रहरीले क्रमशः भर्ना प्रक्रियालाई यही किसिमले रुपान्तरण गर्ने गरी संरचना बनाइरहेको बताइन्छ । धेरै पद र पदोन्नतीको सुविधाका कारण विशेषतः नेपालको निजामती कर्मचारी सेवा प्रभावित भएको छ ।

नायव सुब्बामा भर्ना भएको कर्मचारी अड्डाको काम छाडेर शाखा अधिकृत परीक्षाको तयारीमा लाग्ने, शाखा अधिकृत भएकाले उपसचिवको परीक्षा र उपसचिव भएकोले सहसचिवको परीक्षा तयारी गर्दागर्दै तोकिएको जागिरमा ढाँट्ने, छल्ने क्रम बढेकाे पाइएकाे छ ।

फलतः कर्मचारीबाट जनतामा हुनुपर्ने सेवाप्रवाह प्रभावित हुँदै आएको छ । सुरक्षा निकायमा पनि निजामतीको जस्तो ठ्याक्कै त होइन, तर एकपछि अर्को पदका लागि प्रतिस्पर्धा गर्न पाइने सुविधाका कारण काममा भन्दा पदोन्नतीमा बढी ध्यान दिइने क्रम बढेपछि यस्तो अवधारणा अगाडि सारिएको हो । असई र इन्स्पेक्टरमा एकैचोटि भिड्यो, तल फेल भए जागिर खाँदै र राम्रो पोष्टिङ खोज्दै माथिको परीक्षामा जुट्यो ।

अहिले यस्तै अस्वस्थ गतिविधिका कारण सशस्त्रको कारवाहीमा असई (कूल जागिरे संख्या (१६६०) र सई (१३७०) को मात्रा धेरै रहेको बताइन्छ । विकसित मुलुकमा सार्जेन्ट र अफिसर गरी दुई खाले भर्ना हुन्छ ।

साभार– जनआस्था साप्ताहिक

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending