९ असार, विराटनगर । किसानलाई धानलगायतका बालीमा समय, श्रम र लगानीमा बचत गराउने उद्देश्यले सुनसरी र धनुषामा ‘जिरोटिल’ मेसिनबाट बाली छर्ने प्रविधि सुरु गरिएको छ ।
ट्रयाक्टरको पछाडिको भागमा जोडेर यस मेसिनलाई खेतमा चलाएपछि यसको माध्यमबाट खेतमा एकनासको चिरा गर्दै निश्चित दुरीमा बीउ र मल छर्ने गरिन्छ । मेसिनको माथिको भागमा बीउ र मल राखिएको हुन्छ । त्यसमा जोडिएको पाइपको माध्यमबाट बीउ र मल छर्ने गरिएको हो । यस मेसिनलाई प्रयोगमा ल्याएपछि खेतलाई खनजोत गर्नु नपर्ने र माटोलाई मलिलो बनाउनु पनि नपर्ने भएकाले किसानलाई समय र लागतको बचत हुने देखिन्छ । अष्ट्रेलियाको सहयोगमा नेपालका साथै भारत र बङ्गलादेशमा यो प्रविधि भित्रिएको हो । ती दातृ निकायको सहयोगमा सुनसरीको तरहरास्थित कृषि अनुसन्धान केन्द्रबाट गत वर्षदेखि जिल्लाका महेन्द्रनगर, कप्तानगञ्ज, भोक्राहालगायत पाँच गाविसमा परीक्षणको रुपमा सुरु गरिएको छ । यो प्रविधि नेपालमा पहिलोपटक प्रवेश गरेकाले कृषि मन्त्रालयले सुनसरी र धनुषा जिल्लामा परीक्षणको रुपमा सुरु जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा. रविन्द्रनाथ चौंबेले बताए । यो प्रविधि परीक्षणमा सफल भएको देखिएकाले अब जिल्ला कृषि विकास कार्यालयबाट व्यापक रुपमा प्रचारप्रसार गरी किसानलाई यसको उपायबारे जानकारी गराउने सो कार्यालयका प्रमुख डा. चौंबेले जानकारी दिए । खेतमा बाली छर्नका लागि पूरै खनजोत गर्नुपर्ने, माटोलाई मलिलो बनाउनुपर्ने कार्यबाट राहत दिने, कम लागत र समयको बचतसमेत हुने भएकाले किसानलाई जिरोटिल मेसिनतर्फ आकर्षण बढेको छ । “खेतलाई खनजोत नगर्दा खेतमा घाँस हुन्छ । त्यसलाई मार्नका लागि ‘हर्विसाइड’ नामक विषादी प्रयोग गर्नुपर्ने हुन्छ ।” चौंबेले भने– “यो विषादीले अन्नबालीमा नकारात्मक असर गर्दैन ।” यस मेसिनको प्रयोग गरेका कप्तानगञ्जका किसान देवनन्दन मेहता मेसिनबाट खेती गर्दा बाली उत्पादनमा वृद्धिका साथै समय र लागतको बचत भएको बताउँछन् । खेती मजदुरको अभावमा यो मेसिन किसानका लागि बरदान सावित हुने देखिन्छ । यसको माध्यमबाट धान, मकैलगायतका बालीको सहज ढङ्गले खेती गर्न सकिन्छ ।यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: