Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

पूर्वलाहुरेले बनाउने भए ‘एफएम भिलेज’

\"Myagdi\"९ असार, बेनी (म्याग्दी) । धेरै वर्ष विदेश बसेर गाउँमा फर्किएका म्याग्दीका लाहुरे आफ्नो गाउँलाई ‘एफएम भिलेज’ अर्थात् ‘फुड एण्ड मिल्क भिलेज’ बनाउने अभियानमा लागेका छन् ।
गाउँमा कृषिको राम्रो सम्भावना देखेपछि अवकाश प्राप्त लाहुरे र वैदेशिक रोजगारमा गएका युवा गाउँमै फर्किएर कृषि पेशामा लागेका हुन् । उनीहरु पशुपालन र तरकारी तथा फलफूल खेतीगरी दूध, तरकारी र फलफूल उत्पादन गरी गाउँलाई नै फलफूल र दूधको गाउँ अर्थात् ‘एफएम भिलेज’ बनाउने अभियानमा लागेका हुन् ।

लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दी जिल्लाको परिचय फेर्न तिनै ‘लाहुरे’ कस्सिएपछि गाउँका अरु मानिस पनि फलफूल तथा पशुपालनमा लागेका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बेनी नगरपालिकाअन्तर्गत बास्कुना गाउँ ‘एफएम’गाउँको रुपमा चिनिन थालेको छ । दुई वर्ष साउदी अरबको ‘अल लाइट कम्पनी’ मा काम गरेर फर्केका तिलक गुरुङले भैंँसीपालन र तरकारी खेतीबाट सुरु गरेको यस्तो अभियान अहिले गाउँभरि विस्तार भएको वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले बताए । वैदेशिक रोजगारीबाट फर्केका यहाँका युवाले कृषि र पशुपालनमार्फत वार्षिक रु १२ लाखसम्म कमाइ गर्न थालेका छन् । यो विदेशमा ६ वर्षमा हुने कमाई भन्दा बढी भएको गुरुङले बताए । पशुपालन, दुग्ध उत्पादन, तरकारी र फलफूलखेती, पोल्ट्री फार्म आफूहरुको प्रमुख पेसा भएको उनले बताए । त्यसैगरी ६ वर्षसम्म कतारमा बसेर फर्केका अर्का युवा मनबहादुर खत्रीले पनि गाउँमै पशुपालन र फलफूल तथा तरकारीखेती गरेका छन् । पाँचवटा उन्नत जातका भैँसी पालेर तरकारी र फलफूलखेती सुरु गरेका खत्रीले मासिक ५० हजार रूपैयाँसम्म कमाइ हुने बताए । खत्रीले भने– “अर्काको देशमा पसिना बगाउनसक्ने हामीले आफ्नै स्वर्गलाई मरुभूमी बनाएछाैं, उमेर बित्दै जाँदा चेत आयो राम्रै भयो ।”

त्यसैगरी ६ वर्ष दुबई र ३ वर्ष मलेसिया बसेर फर्केका ३४ वर्षीय नरबहादुर केसी, १३ वर्ष साउदी अरब बसेर फर्केका ३७ वर्षीय भीम गुरुङ, भारतीय सेनाबाट अवकाश प्राप्त सुवेदार लालबहादुर थापालगायतका २२ जना पूर्वलाहुरे अहिले गाउँमा नै पशुपालन र तरकारीखेती गरिरहेका छन् । उनीहरू आफ्नै माटोमा सुन फलाउन सकिँदो रहेछ भन्ने कुराकाे उदाहरण बनेका छन् । उनीहरुले पशुपालन र तरकारी–फलफूल खेतीबाट नै मासिक ५० हजार रूपैयाँभन्दा बढी आम्दानी गर्न थालेपछि बास्कुनाका मात्र होइन, म्याग्दीका अन्य गाउँका मानिस पनि कृषि र पशुपालनमा आकर्षित भएका छन् । तीन वर्ष अघि ८ लाख रूपैयाँको लगानीमा तरकारीखेती तथा कुखुरा र भैँसीपालन सुरु गरेका गुरुङ लगानी र सम्पूर्ण खर्च कटाएर अहिलेसम्म २० लाख रूपैयाँभन्दा बढी बचत गरेको बताउँछन् । यहाँका ४५ घरधुरीले कृषि र पशुपालनबाट गरेको प्रगति देखेर छिमेकी गाउँका युवाले समेत यसमा हात हालेका छन् । वरिष्ठ बागबानी विकास अधिकृत वेदप्रकाश पौडेल भन्छन् “गुजारा चलाउन विदेश जान लर्को लागिरहेका बेला बास्कुनाका युवा सबैको प्रेरणा बनेका छन् ।”

गाउँमा सबैलाई आत्मनिर्भर बनाउन बास्कुना र थामडाँडाका कृषक मिलेर कृषि सहकारी स्थापना गरेका छन् । सामूहिक आम्दानीको भावना जगाउन सामूहिक तरकारीखेती समेत सुरु गरेको कृषक गुरुङले बताए । बास्कुना गाउँलाई ‘फुड एण्ड मिल्क भिलेज’ बनाउन यी पौरखीहरु कम्मर कसेर लागेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE