काठमाडौं । कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ को विकास निर्माणका आयोजनाहरुलाई तीव्रता दिन माग गर्दै खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा गएको स्थानीय जनप्रतिनिधिहरु सहितको टोलीले विभिन्न केन्द्रीय मन्त्रीहरुसँग सोमबार छलफल गरेको छ ।
खानेपानी मन्त्री मगरको नेतृत्वमा प्रदेश साँसद तारा लामा, जिल्ला समन्वय समिति कञ्चनपुरका सभापति फैरु तामाङ र पुनर्वास नगरपालिकाका नगर प्रमुख ९मेयर० जीवन थापा लगायतको टोलीले सोमबार उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईसँग भेटघाट गरी कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं। १ को विकास आयोजनाका कामहरुलाई तीव्रता दिन माग गरेको हो ।
टोलीले स्वास्थ्य मन्त्री यादवसँगको भेटमा पुनर्वास नगरपालिका वडा नं। ५ मा अवस्थित त्रिभुवन राष्ट्रिय हेल्थ पोष्टलाई २५ शैय्या सम्मको अस्पताल बनाउन माग गरेको छ । उक्त क्षेत्रमा कुनैपनि अस्पताल नभएको र मान्छेहरु बिरामी पर्दा कि त भारत, कि त धनगढी जानु पर्ने भएकाले अस्पताल चाहिएको पुनर्वास नगरपालिकाका मेयर जीवन थापाले बताए ।
त्यस्तै टोलीले तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत नेपाल भारतको सीमादेखि सिम्रीसम्म ५ किलोमिटर र डोकेबजारदेखि दोंदा नदीसम्म ३ किलोमिटर सडक पिच गर्ने कार्यलाई तीव्रता दिन संघीय मामिला मन्त्री पण्डितसँग माग गरेको छ ।
त्यसैगरी सहरी विकास मन्त्रालय अन्तर्गत विनियोजन भएको ६० करोड बजेट मध्ये परासन गाउँदेखि भानुबस्ती, सिम्री हुँदै दशरथबस्ती सम्म करिब ९ किलोमिटर बाटो पिच गर्न टोलीले सहरी विकास मन्त्रीसँग माग गरेको छ । उक्त बाटो पिच गर्नका लागि ३० करोड लाग्ने अनुमान गरिएको मेयर थापाले जानकारी दिए ।
पुनर्वास नगरपालिका भित्रै पर्ने कोटिहोम धार्मिक पर्यटकीय स्थल निर्माण गर्नका लागि समेत आफूहरुले सहरी विकास मन्त्रीको ध्यानाकर्षण गराएको मेयर थापाले बताए । नजिकै बन्दा ताल र १२ बिघा जग्गा रहेकाले उक्त क्षेत्र धार्मिक पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने मेयर थापाको भनाई छ । यो आयोजनाका लागि ३० करोड बजेट छुट्याइएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा चक्रपथ बनाउने सरकारको योजना छ । चक्रपथ बनाउनका लागि अहिले विनियोजन गरिएको बजेट अपुग हुने भएकाले बजेट थप्न माग गरिएको मेयर थापाले जानकारी दिए । त्यस्तै आईबिआरडी बजारदेखि प्रतिभा नगर बजारसम्म करिब डेढ किलोमिटर बाटो पिच गर्न छुट्याइएको रकम कम हुने भएकाले बजेट थपेर काम अगाडि बढाउन सहरी विकास मन्त्रीसँग माग राखिएको उनले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: